STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घटस्थापनाका दिन सार्वजनिक बिदाको माग

Janjati Khabar – जनजाति खबर | २०७६ आश्विन ६, सोमबार

क्षत्री समाज नेपालले नेपालीहरुको महान पर्व बडादशैँको पहिलो दिन घटस्थापनामा सार्वजनिक बिदा दिन माग गरेको छ । ‘राष्ट्रिय अखण्डता र जातीय सद्भावका निम्ति क्षत्री एकता आजको आवश्यकता’ भन्ने मूल नारालाई आत्मसात् गर्दै आएको क्षत्री समाजले आज गण्डकी प्रदेश प्रमुख बाबुराम कुँवर, प्रदेश सभामुख नेत्रनाथ अधिकारी, उपसभामुख सिर्जना शर्मा र प्रमुख जिल्ला अधिकारी रमेशबहादुर केसीलाई भेटी ज्ञापनपत्र बुझाएको हो । मुलुकमा विद्यमान विकृति, विसङ्गति, विभेद् तथा राष्ट्रिय स्वाभिमान एवं नेपालीबीचको एकता र सद्भावका निम्ति आत्मबल तथा मनोवैज्ञानिक शक्ति आर्जनको माध्यमका रूपमा लिँदै आएको घटस्थापनाको दिनलाई राष्ट्रिय पर्वका रूपमा सम्मान गरी उक्त दिन सार्वजनिक बिदा दिन ज्ञापनपत्रमार्पmत माग गरिएको छ । क्षत्री समाज नेपाल गण्डकी प्रदेशका अध्यक्ष बेनीबहादुर बस्नेतले परम्पराले नै मुलुकको अस्तित्व जीवित रहने बताउनुभयो । गण्डकी प्रदेशका नौ जिल्लामा क्षत्री समाज नेपाल जिल्ला समितिले बडादशैँको आगमनको महत्वपूर्ण दिनमा गत वर्षदेखि सरकारले बिदा कट्टा गरेको हुँदा यसलाई पुनःस्थापित गराउन सम्बन्धित निकायको ध्यानाकर्षण गराएको क्षत्री समाज नेपाल कास्कीका अध्यक्ष पद्मबहादुर कार्कीले जानकारी दिनुभयो । सो अवसरमा गण्डकी प्रदेश प्रमुख, प्रदेशसभाका सभामुख र जिल्ला प्रशासन कार्यालय, कास्कीका प्रमुखले नेपालीहरुको महान चाड बडादशैँको शुभारम्भमा सार्वजनिक बिदा माग गर्नु जायज रहेको भन्दै यस विषयलाई सम्बन्धित निकायसम्म पु¥याउने प्रतिबद्धता व्यक्त गर्नुभएको थियो ।
Categorized in राष्ट्रिय