STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरजग्गा र सम्पत्ति कर नतिर्ने करदातालाई काठमाडौँ महानगरको ३० दिने सूचना

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ श्रावण २४, आइतबार

घरजग्गा र सम्पत्ति कर नबुझाउने ५२ करदातालाई ३० दिने सूचना दिएर काठमाडौँ महानगरपालिकाले नाम सार्वजनिक गरेको छ । आज नाम सार्वजनिक गर्दै राजस्व विभागले लामो समयदेखि वडा मार्फत भएको ताकेतालाई अटेर गरेका कारण नाम सार्वजनिक गर्नुपरेको जनाएको छ । विभागका प्रमुख डा. शिवराज अधिकारीकाअनुसार नाम सार्वजनिक गरिएका करदाताले ३० दिनभित्र करको विवरण, कर र जरिवाना नबुझाए सेवा बन्द गर्ने, सम्पत्ति रोक्का गर्ने लगायतका कानुनी प्रक्रियाबाट सरकारी बाँकीसरह कर असुल गरिनेछ । 

विभागका प्रमुख डा.अधिकारीकाअनुसार यस अघि असार १६ गते नाम सार्वजनिक गरिएका करदातामध्ये धेरै सम्पर्कमा आएको बताए । ती मध्ये केहीले पहिलो किस्ता वापत कर बुझाएका छन् । केहीले विवरण बुझाएका छन् । सम्पर्कमा आउनेहरुले समय माग गरेर कर तिर्न मञ्जुर गरेकाले मौका दिइएको छ भने तीमध्ये केही सम्पर्कमा आएका छैनन् । अहिले विभाग ती करदाताको सेवा बन्द गर्ने तयारी गरिरहेको छ । नाम सार्वजनिक गरिएकाहरुलाई लिखित मौखिक माध्यम बाट सुचित गरिएको छ । सार्वजनिक सूचना जारी गरि प्रदान गरिएको समय सकिने बेला कार्यस्थलमा गएर माइकिङ् गरिएको छ ।विभागका प्रमुख डा. अधिकारी ले  आफुहुरले करदाताको सहजताका लागि काम गरिरहेको र यसरी काम गर्दा पनि अटेर गर्नेमाथि कानुनी कारवाही चलाउनुबाहेक विकल्प छैन भनि भन्नु भएको छ । अधिकारीले  अनुरोध र सूचनाको अटेर गर्नेहरुको घर, पसल र व्यवसायमा शिलबन्दी गरेर सरकारी बाँकी सरह राजस्व असुली गर्नुको विकल्प छैन भनि भन्नु भएको छ ।

Categorized in उपत्यका