STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घरमै पुगेर अपाङ्गता परिचयपत्र वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र १७, मंगलबार

दोलखाको वैतेश्वर गाउँपालिकाले गाउँपालिकाभित्र रहेका ३११ अपाङ्गता भएका व्यक्तिलाई अपाङ्गता परिचयपत्र वितरण गरेको छ । गाउँपालिकाका सबै वडामा घुम्ती शिवर सञ्चालन गरी सबै प्रकृतिका अपाङ्गता भएका व्यक्तिको पहिचान गरी परिचयपत्र वितरण गरेको गाउँपालिका अध्यक्ष रविचन्द्र आचार्यले जानकारी दिनुभयो । गाउँपालिकाभित्रका सबै वडाबाट ‘क’ वर्गका ३९, ‘ख’ वर्गका ८५, ‘ग’ वर्गका १०६ र ‘घ’ वर्गका ८१ लाई परिचयपत्र वितरण गरेको उहाँले बताउनुभयो । सोमबार गाउँपालिकाको अस्थायी कार्यालय मेघेचौरमा शिविर आयोजना गरेको थियो । शिविरबाट ‘क’ वर्गका नौ, ‘ख’ वर्गका १५, ‘ग’ वर्गका १६ र ‘घ’ वर्गका १५ गरी कूल ५५ जनाले अपाङ्गता परिचयपत्र लिएका छन् । अपाङ्गता भएका व्यक्तिलाई कार्ड बनाउनका लागि गाउँपालिकासम्म धाउनका लागि गाह्रो हुने भएका कारण उनीहरुलाई सहज गराउन टोल–टोलमै पुगेर परिचयपत्र कार्ड वितरण गरेको अध्यक्ष आचार्यले बताउनुभयो ।
Categorized in राष्ट्रिय