STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

घर फर्कन चाहनेलाई उद्धार गर्न समाजवादीको माग

Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख ५, शुक्रबार

काठमाडौं– कोरोना भाइरस कोभिड–१९ संक्रमण रोकथाम तथा नियन्त्रणको लागि सरकारले जारी गरेको लकडाउनको समय काठमाडौंबाट तराई÷मधेस फर्कन चाहने वा पैदल यात्रा गरी बाटोमा विचल्लीमा परेकालाई उद्धार गर्न समाजवादी पार्टीले सरकारसँग माग गरेको छ । समाजवादी पार्टीका अध्यक्ष उपेन्द्र यादवद्वारा शुक्रबार (चैत ५ गते) जारी प्रेस विज्ञप्तिमा आ–आफ्ना गृहजिल्ला वा गन्तव्यसम्म पुग्न चाहनेलाई त्यहाँसम्म जानको लागि आवश्यक व्यवस्था यथाशीघ्र मिलाउन पनि सरकारसँग अनुरोध गरिएको छ । तराई÷मधेसलगायत देशका विभिन्न भागबाट काठमाडौंमा आएर श्रम गरिरहेका श्रमिक तथा विद्यार्थीहरुलाई जारी लकडाउनले जीविका चलाउन मुश्किल पारेको र उनीहरु आफ्नो घर जान इच्छुक रहेको जनाउँदै सरकारले उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने विज्ञप्तिमा उल्लेख छ । सरकारले यस कार्यलाई गम्भीरतापूर्वक नलिए जनताको अनादार र अपमान गर्नुसरह हुने उल्लेख गर्दै विज्ञप्तिमा जनताको पीडा, कष्ट र असमर्थताको अवस्थामा सरकारले उनीहरुको लागि तत्कालै बस्ने, खाने, औषधि आदिको व्यवस्था गर्नुपर्ने उल्लेख छ ।
Categorized in राष्ट्रिय