STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा जोड

Janjati Khabar – जनजाति खबर | २०७६ पौष २८, सोमबार

कृषि व्यवसाय प्रवद्र्धन अनुदान कार्यविधिअन्तर्गत कृषि विकास निर्देशनालय विराटनगरले विविध योजना सञ्चालन गर्ने भएको छ । चालु आर्थिक वर्षमा सञ्चालन हुने सो योजनाअन्तर्गत चक्लाबन्दी खेती प्रवद्र्धन कार्यक्रममा रु ३५ लाखका दरले २० वटा समूहलाई वजेट विनियोजन गरेको छ । निर्देशनालयका निमित्त प्रमुख प्रकाश डाँगीले दिनुभएको जानकारी अनुसार कृषि बजार तथा सङ्कलन केन्द्र निर्माणमा रु ५० लाख, नमूना कृषि फार्म स्थापना तथा सञ्चालन रु १५ लाख वितरण गरिने छ । ती रमक २५ वटा समूहले प्राप्त गर्नेछन् । यसैगरी स्रोतकेन्द्र ९च्याउ र मौरी० विकास कार्यक्रमअन्तर्गत रु १५ लाखका दरले सात वटा समूह, बीउ उत्पादन, प्रशोधन तथा भण्डारण सहयोग कार्यक्रममा रु २५ लाखका दरले दुई वटा समूह र बीउ उत्पादन प्रोत्साहन कार्यक्रम रु सात लाखका दरले तीन वटा समूहलाई बजेट विनियोजन कार्यालयले गरेको छ । माटो परीक्षण मिनिल्याब स्थापना सहयोग कार्यक्रम अन्तर्गत रु सात लाखका दरले तीन जना तथा विश्वविद्यालय अध्ययन संस्थान र कलेलको समन्वय कृषि प्रसार कार्यक्रममा रु पाँच लाखका दरले १० जनालाई बजेट विनियोजन भएको कार्यालयले जनाएको छ ।
Categorized in राष्ट्रिय