STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चन्दननाथ नगरपालिकामा आगलागीका घटनामा वृद्धि

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर १३, शुक्रबार

जुम्लाको चन्दननाथ नगरपालिकामा आगलागीका घटना बढ्दै भएका छन् । चन्दननाथ नगरपालिका–२ भण्डारीवाडाका मानसिंह भण्डारीको घरमा बिहीबार साँझ आगलागी भएको छ । भान्साको चुलोबाट सल्केर भएको आगलागीको धुँवाले गोठभित्र रहेको तीन वटा गोरु, एक वटा गाई र एउटा बाच्छो निसास्सिएर मरेको जुम्लाका प्रहरी वरिष्ठ उपरीक्षक लालबहादुर धामीले जानकारी दिनुभयो । क्षतिको विस्तृत विवरण आउन बाँकी रहेको पनि उहाँले बताउनुभयो । यसभन्दा केही दिन अगाडि चन्दननाथ नगरपालिका–२ का गोविन्द्र भण्डारीको कालेखोलीमा रहेका २४ कोठे घर आगलागीमा जलेर नष्ट भएको थियो । गत कात्तिक २३ गते चन्दननाथ नगरपालिका–५ का नवराज श्रेष्ठको घरमा पनि आगलागी भएको थियो । चन्दननाथ नगरपालिका–१ का जयबहादुर रावतको घरमा भदौ १६ आगलागी भएको थियो । नवराज श्रेष्ठको घरमा आगलागी हुँदा रु ६० लाख ७९ हजार र जयबहादुरको घरमा आगलागी हुँदा रु ७३ लाखको क्षति भएको थियो । पछिल्लो समयमा जुम्लामा आगलागीका घटना बढिरहेका छन् ।
Categorized in राष्ट्रिय