STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चराङ विमानस्थलको डिपिआर बनाउन सर्वेक्षण

Janjati Khabar – जनजाति खबर | २०७६ कार्तिक २५, सोमबार

मुस्ताङको लोघेकर दामोदरकुण्ड गाउँपालिका–१ चराङमा प्रस्तावित विमानस्थलको विस्तृत आयोजना प्रतिवेदन ९डिपिआर० तयार पार्न सर्वेक्षण गरिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयले प्राविधिक टोली पठाएर विमानस्थलको डिपिआर तयार पार्न सर्वेक्षण गरेको हो । परामर्शदाता कम्पनी आइएफआईडी नेपालका इञ्जिनियर नरेश शिवाकोटीको नेतृत्वमा आएको प्राविधिकको टोलीले तीन दिनसम्म प्रस्तावित विमानस्थलको सर्वेक्षण गरेको छ । समुद्री सतहदेखि तीन हजार ५०० मिटरको उचाइमा अवस्थित सिकलिङ थाङ्का र ढुथाङको फाँटमा सर्वेक्षण गरिएको गाउँपालिकाका अध्यक्ष राजु विष्टले जानकारी दिनुभयो । प्रस्तावित ठाउँको भौगोलिक अवस्थिति, सम्भाव्यता, क्षेत्रफल र प्राविधिक विषयमा सर्वेक्षण गरिएको हो । “यसअघि गत वर्ष पर्यटन मन्त्रालयको टोलीले प्रारम्भिक सर्वेक्षण गरेको थियो”, गाउँपालिकाका अध्यक्ष विष्टले भन्नुभयो “यसपालि डिपिआर बनाउने हिसाबले मन्त्रालयले अध्ययनका लागि प्राविधिक पठाएको हो ।” दुई किलोमिटरभन्दा लामो दूरीको समथर फाँट भएकाले विमानस्थलको धावन मार्गका लागि उपयुक्त हुने बताइएको छ । प्रतिवेदन तयार पार्न तीन महिनाभन्दा बढी समय लाग्ने टोलीले जनाएको छ । यही कात्तिक ११ गते संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री योगेश भट्टराईसहितको टोलीले चराङको निरीक्षण गरेको थियो । मन्त्रीले निरीक्षण गरेर गएको दुई हप्तामै डिपिआर बनाउन प्राविधिक टोली खटिएको हो । उपल्लो मुस्ताङका बासिन्दा तथा छोटो अवधिका लागि भ्रमणमा आउने पर्यटकहरुलाई लक्षित गरेर चराङमा विमानस्थल बनाउन चुनावमा गरेको गरेको प्रतिबद्धताअनुसार पहल गरेको प्रतिनिधिसभा सदस्य प्रेमप्रसाद तुलाचनले बताउनुभयो । “अनुकूल भूगोल र पर्याप्त जग्गा भएका आधारमा चराङमा विमानस्थल निर्माण गर्न सकिन्छ”, सांसद तुलाचनले भन्नुभयो “दामोदर कुण्डमा भक्तजन, उपल्लो मुस्ताङमा पर्यटक भित्र्याउन तथा जनजीवनलाई सहज बनाउन विमानस्थलले सहयोग पु¥याउने छ ।” जोमसोम हुँदै सडक मार्ग भएर उपल्लो मुस्ताङ भ्रमणमा जान धेरै समय लाग्ने र यातायातको सहज सुविधा नभएकाले पर्यटकहरुलाई समस्या भएको छ । कलात्मक पहाड, उजाड मरुभूमि जस्तै भूगोल, माटोले बनाइएका घर, हिमाली जीवनशैली, पुरानो तिब्बती संस्कृति, ऐतिहासिक महत्वका दरबार, गुफा, गुम्बा, छोर्तेन, कोरला नाका उपल्लो मुस्ताङको पर्यटकीय आकर्षण हो । उपल्लो मुस्ताङको समृद्धि र विकासका लागि हवाई सेवा आवश्यक भएको गण्डकी प्रदेशका प्रदेशसभा सदस्य इन्द्रधारा विष्टको भनाइ छ । सरकारले पर्यटन विकासका लागि विमानस्थल निर्माण र उत्तरी कोरला नाका खोल्न सडक विस्तार गरिरहेको बताउनुभयो ।
Categorized in राष्ट्रिय