चलचित्रमार्फत पर्यटन प्रवर्द्धनकाे लागि बिकास बाेर्डकाे पहल
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ पौष ६, आइतबार
पर्यटन, वन तथा वातावरण मन्त्रालय, कोशी प्रदेशको आयोजनामा सम्पन्न कोशी पर्यटन वर्ष २०८२ सम्बन्धी कार्यक्रममा कोशी प्रदेशका पर्यटन, वन तथा वातावरण मन्त्री सदानन्द मण्डल, प्रदेश सचिव डा. ईन्द्र प्रसाद सापकोटा, चलचित्र विकास बोर्डका अध्यक्ष दिनेश डीसीसहित चलचित्रकर्मीहरूको उल्लेख्य सहभागितामा गहन छलफल भएको छ ।
छलफल कार्यक्रममा चलचित्रलाई पर्यटन प्रवर्द्धनको प्रभावकारी माध्यमका रूपमा उपयोग गर्ने विषयमा बहस गरिएको छ। कोशी प्रदेशका पर्यटकीय गन्तव्यहरू चलचित्र भवनहरूमा प्रचार–प्रसार गर्ने, कलाकारहरूबाट सामाजिक सञ्जालमार्फत प्रवर्द्धन गर्ने तथा कोशी प्रदेशमा छायांकन हुने चलचित्रहरूलाई सहजीकरण र सहयोग गर्ने प्रतिबद्धता व्यक्त गरिएको छ।
छलफल पछि चलचित्र विकास बोर्ड पर्यटन र चलचित्रबीचको सहकार्यलाई सुदृढ गर्दै नेपाली चलचित्रमार्फत प्रदेश र देशको पहिचान विश्वसम्म पुर्याउन निरन्तर सक्रिय रहने कुरामा जाेड दिएको छ ।
Categorized in सिनेमा

