STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र पत्रकार संंघद्वारा वरिष्ठ पत्रकार शान्तिप्रियलाई रजत सम्मानका साथ विभिन्न पुरस्कारको घोषणा

Janjati Khabar – विजयरत्न असंबरे | २०८० बैशाख १७, आइतबार

चलचित्र पत्रकार संघ नेपालले हरेक बर्ष जेष्ठ ७ गते चलचित्र पत्रकारहरुलाई बार्षिक उत्सवको दिन सम्मान तथा पुरस्कार प्रदान गर्दै आएको  छ ।  यसै सन्दर्भमा चलचित्र पत्रकार संघ नेपालले जेष्ठ ७ गते २४औं  बार्षिक उत्सब मनाउन गइरहेको छ भने चलचित्र पत्रकार संघ नेपालको बैशाख १७ गते काठमाडौंमा संघका अध्यक्ष समीर बलामि को अध्यक्षतामा सम्पन्न केन्द्रीय समितिको बैठकले यो वर्ष  राष्ट्रिय चलचित्र पत्रकारिता रजत सम्मान २०८० बाट वरिष्ठ पत्रकार शान्तिप्रियलाई नगद राशी ५५ , ५५५ रुपिंया सहित सम्मानित गर्ने निर्णय गरेको छ ।

यस्तैगरी  राष्ट्रिय मोफसल चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट रवी अधिकारी , राष्ट्रिय चलचित्र पत्रकारिता प्रोत्साहन पुरस्कार २०८० बाट श्रृष्टि पोखरेल, राष्ट्रिय चलचित्र पत्रकारिता पुरस्कार २०८० बाट   दीपज्योती थापा र   कुबेर डंगोल  लाई जनही नगद एकाउन्न हजार रुपिंया सहित पुरस्कृत गर्ने भएको छ । संघले   राष्ट्रिय चलचित्र पत्रकारिता सम्मान २०८० बाट  श्रीराम सिग्देल र तुलसी गिरी भावुक लाई सम्मानित गर्ने निर्णय गरेको छ । 

यस्तैगरी बैठकले संघका पुर्व सदस्यहरुलाई मानार्थ सदस्य र चलचित्र पत्रकारिता गरिरहेका कृयाशिल चलचित्र पत्रकारहरुलाई साधारण सदस्यता वितरण गर्ने निर्णय गरेको छ । यसको लागि संघले आफ्नो वेभसाईटमा सदस्यता फारम र विस्तृत जानकारी राखिएको कुरा संघका महासचिव रघुनाथ सापकोटाले जानकारी गराएको छ ।

 

यस अघि गलत तस्बिर पर्न गएकोमा क्षमा प्रार्थी छौं - सं.

Categorized in सिनेमा