चलचित्र पत्रकार संघमा सिटौला निर्वाचित
Janjati Khabar – जनजाति खबर | २०७६ चैत्र ४, मंगलबार
काठमाडौं– चलचित्र पत्रकार संघ नेपालको आठौं महाधिवेशनबाट दिनेश सिटौला अध्यक्ष पदमा निर्वाचित भएका छन् ।
सोमबार (चैत ३ गते) काठमाडौं कालोपुलस्थित हिरारत्न हलको बेस्ट भेन्युमा भएको उक्त महाधिवेशनलाई सिनेपत्रकार विजयरत्न तुलाधर असंबरेले उद्घाटन गरेका थिए ।
चलचित्र विकास बोर्डका सदस्य दयाराम दाहाल, नेपाल पत्रकार महासंघका प्रतिनिधि राधेश्याम दाहाल, चलचित्र पत्रकार संघका पूर्वअध्यक्ष विदुर गिरीलगायतका अतिथिले महाधिवेशनलाई शुभकामना दिएका थिए ।
संघका अध्यक्ष सन्दिप सापकोटाको सभापतित्वमा महाधिवेशन सुरु भएको थियो ।
चलचित्र पत्रकार संघको नयाँ कार्यसमितिमा उपाध्यक्षमा जीवन पराजुली, दीपज्योति थापा र कुबेर डंगोल, महासचिव समीर बलामी, सचिव रघुनाथ सापकोटा, कोषाध्यक्ष प्रदीप कार्की र विनोद पोखरेल चुनिएका छन् ।
सदस्यहरुमा मनीष दाहाल, नवीन गिरी, स्मृति पोखरेल, सुरक्षा भट्टराई, आशिष गणेश बेली, मिलन ढुङ्गाना, गोपीकृष्ण चापागाईं छानिएका छन् ।
Categorized in राष्ट्रिय