STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र विकास बोर्डको अध्यक्षमा भुवन केसी नियुक्त

Janjati Khabar – Janjati Khabar | २०७९ श्रावण १०, मंगलबार

काठमाडौं- सरकारले चलचित्र विकास बोर्डको अध्यक्षमा अभिनेता भुवन केसीलाई नियुक्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले उनलाई बोर्डको अध्यक्षमा नियुक्त गरेको हो ।

उनी आगामी दुई वर्षको लागि बोर्ड अध्यक्षमा नियुक्त भएका हुन्।

केसी स्थानीय निर्वाचनको समयमा नेपाली कांग्रेसमा प्रवेश गरेका थिए । उनी बोर्डको अध्यक्ष हात पार्न कांग्रेस शीर्ष नेताहरूसँग लविङ गर्दै आएका थिए । अवसरकाे खाेजि गर्दै पहिलाे संविधानसभा चुनावपछि केसी एमालेमा प्रवेश गरेका थिए । 

केसीले उम्मेदवारी दिँदा खेरि नै भनेका थिए, ‘फिल्मक्षेत्रमा ४० वर्ष बिताएँ । मेरो छोरो नै हिरो भइसक्यो । डेढ सयभन्दा बढी फिल्म खेलेँ, १० वटा त बनाएँ । फिल्म उद्योगलाई अगाडि लैजाने सोच छ । त्यस कारण मैले अब अवसर पाउनुपर्छ।'

१ सय भन्दा बढी चलचित्रमा काम गरिसकेका अभिनेता केसी पछिल्लो समय चलचित्र निमार्ण, निर्देशन र अभिनयमा सक्रिय छन्। । उनी नेपाली चलचित्र क्षेत्रको एक चर्चित नायक तथा चलचित्र निर्माता पनि हुन् ।उनीसँगै दीपक श्रेष्ठ, सुचित्रा श्रेष्ठ, सुष्मा कार्की, सम्झना उप्रेती रौनियार, नरेश पौडेल अध्यक्षको दौडमा रहेका थिए।

यौन दुर्व्यवहारको आरोपी खेपेका केसीकाे मुद्दा अझै टुङ्गिएकाे छैन । उनलाई अभिनेत्री साम्राज्ञी राज्यलक्ष्मी शाहले दुर्व्यवहार गरेको आरोप लगाएकी थिइन् ।

Categorized in सिनेमा