STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चलचित्र ‘चिट्ठी’को मोशन पोस्टर सार्वजनिक

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ श्रावण ११, आइतबार

सन्चारकर्मि माधब राज खरेलको निर्देशनमा बनेको बहुप्रतिक्षित चलचित्र ‘चिट्ठी’ यही भदौ २० गते  अर्थात सेप्टेम्बर ५, २०२५ देखि देशव्यापी रुपमा प्रदर्शनमा आउन लागेको छ भने  यो चलचित्रको पोष्टर हालै सार्वजानिक गरिएको छ । एरा प्रोडक्सनको ब्यानरमा निर्माण भएको र कुवेर डिष्टिव्युटर्स प्रा.लि.ले वितरण गर्न लागेको कमेडी तथा हरर जनराको चलचित्रको स्थिर पोस्टरका साथ साथै मोसन पोस्टरपनि निर्माण पक्षले सार्वजनिक गरेको छ ।

चलचित्र ‘चिट्ठी’ यथार्थपरक हाँस्य, सामाजिक व्यङ्ग्य र सस्पेन्सपूर्ण घटनाक्रमको संगम रुपमा चित्रण गरिएको निर्माण पक्षले बताएको छ । चलचित्रले आजको डिजिटल समाज, सामाजिक सम्बन्धहरू र सूचनाको दुरुपयोग जस्ता मुद्दाहरूलाई रोचक तरिकाले उठान गरेको छ ।

“हामीले दर्शकलाई हसाउँदै सोच्न बाध्य पार्ने कथा ल्याएका छौं,” खरेल भन्छन् ।

सार्वजनिक मोसन पोस्टरमा चलचित्रको रहस्य, डर र हाँस्यको फ्युजन स्पष्ट झल्किन्छ । डार्करंग संयोजन, रहस्यमयी अभिव्यक्ति र पात्रहरूको सशक्त उपस्थिति देखिएको पोस्टरले दर्शकमाझ उत्सुकता थप बढाउने निश्चय छ ।

चलचित्रमा अर्गानिक कमेडियन खड्ग बहादुर पुन मगर खबपु, संजीत भण्डारी, गोपाल ढकाल छन्दे, नबराज थापा, प्रबण भुषाल, मुस्कान लामा, कञ्चन चालिसे, मोहन निरौला, शान्तिप्रिय, श्रीदेव भट्टराई, नम्रता खरेल, राजन थापा, रश्मी भट्ट, मुना निरौला, कवीन्द्र त्रिपाठी, पुरुषोत्तम सानु, सोमा खत्री, प्रल्हाद खरेल, डेभिल सिंह राजपुत, समिर लामा, राजु कार्की, रज्जु गुरुङ लगायतका कलाकारहरुको अभिनय देख्न सकिन्छ ।

संचारकर्मी कमला जोशी निर्माता रहेको चलचित्र ‘चिट्ठी’लाई जीवन पराजुली र राजन खरेलले खिचेका हुन् भने राजेश कुमारको सम्पादन तथा समिर मिँयाको भिएफ्एक्स रहेको छ । चलचित्रमा डा. कृष्णहरि बराल र कमला जोशीको गीत रहेको छ भने शिव परियार, बनिषा पौडेल र बसन्त अर्यालको स्वर रहेको उक्त चलचित्रमा सरोज कोईरालाको संगीत रहेको छ साथमा चलचित्रमा रहेको शिवताण्डव गीतको संयोजन भने राजेन्द्र बजगाईले गरेका छन् । त्यसै गरी किरण दाहालको दन्द्ध निर्देशन रहेको उक्त चलचित्रको ब्याकराउण्ड म्यूजिक पुस्कर खत्रीको रहेको छ भने ध्वनी सम्पादन र मिश्रण क्रमशः मनोज परियार र अमित श्रेष्ठले गरेका हुन् ।

प्रचारप्रसारमा विशेष सक्रियता देखाउँदै निर्माण पक्षले ‘चिट्ठी’ लाई दर्शकमाझ फरक स्वादको चलचित्रको रूपमा प्रस्तुत गर्ने लक्ष्य लिएको छ ।

Categorized in साहित्य-कला