STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चाइनिज भाषा अध्ययनरत कीर्तिपुरको हिलटाउन स्कूलका विद्यार्थीहरुलाई सफलता

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ जेठ ४, आइतबार

हिलटाउन माध्यमिक विद्यालयले विगत चार वर्षदेखि विद्यार्थीहरूलाई निःशुल्क रुपमा चाइनिज भाषा सिक्ने अवसर प्रदान गर्दै आइरहेको छ । विद्यार्थीहरूले चाइनिज भाषा, कला सँस्कृतिसँग सम्बन्धित विविध कृयाकलापमा सक्रिय सहभागिता पनि जनाउँदै आइरहेको छ । यसै क्रममा विद्यालयमा अध्ययनरत विद्यार्थीहरू स्मृति साम्बाहाम्फे लिम्बु (कक्षा ९), मिसन कार्की (कक्षा ७), सजना तामाङ (कक्षा ८) र रिजु श्रेष्ठ (कक्षा ७) ले यही बैशाख २१ गते, आइतबारका दिन काठमाडौं विश्वविद्यालय कन्फुसियस इन्ष्टिच्युट (Kathmandu University Confucius Institute) द्वारा आयोजित 'The Chinese Speech and Talent Show' प्रतियोगितामा सफलता मिलेको छ ।

'Fly High with Chinese Language and Chinese Language, Joy and Fun'  मूल विषयमा आधारित उक्त प्रतियोगितामा गायनतर्फ मिसन कार्की द्वितीय, स्मृति लिम्बु  तृतीय र नृत्यतर्फ रिजु श्रेष्ठ द्वितीय,  सजना तामाङ तृतीय हुन सफल भए ।

सम्पूर्ण विजयी विद्यार्थीहरूलाई विद्यालयको बिहानी प्रार्थना सभामा विद्यालयलको तर्फबाट सहायक प्रिन्सिपल दिनेश महर्जनले बधाई तथा शुभकामना दिनुभयो ।

यसैगरी गत पौष महिनामा सम्पन्न चिनियाँ भाषा परीक्षा Youth Chinese Test Exam  मा सहभागी भई उत्कृष्ट नतिजा ल्याउन सफल विद्यार्थीहरूलाई पनि प्रमाणपत्र र पुरस्कारद्वारा सम्मानित गरियो ।

उत्कृष्ट प्राप्ताङ्क ल्याउन सफल विद्यार्थीहरू निम्न अनुसार छन्

१) सचिता महर्जन, कक्षा ८

२) सजना तामाङ, कक्षा ८ 

३) बिज्ञा आचार्य, कक्षा ८

४) अञ्जली लामा, कक्षा ८

५. मेन्सो गुरुङ, कक्षा ८

६. आराध्या धामी, कक्षा ८

७. सृष्टि महर्जन, कक्षा ८

८. युना महर्जन, कक्षा ७

९. सुबिना तामाङ, कक्षा ७

१०. सस्यारोन महर्जन, कक्षा ७

११. लाक्पा साङ्मो लामा, कक्षा ७

१२. साङ्गी छोइडन लामा, कक्षा ७

१३. तिसा महर्जन, कक्षा ७

१४. मिसन कार्की, कक्षा ७

१५. प्रतिक शाह, कक्षा ७

यसरी नै गत वर्ष चाइनिज भाषा हस्तलेखन प्रतियोतिमा विजयी विद्यार्थीहरूलाई पनि उपहारसहित बधाई तथा शुभकामना दिइयो ।

Categorized in शिक्षा