चाकुको व्यापार फस्टायो
Janjati Khabar – Janjati Khabar | २०७८ पौष २८, बुधबार
२८ पौष, काठमाडौँ - माघे संक्रान्ति पर्व नजिकिएसँगै काठमाडौंमा चाकु उत्पादन र व्यापारमा तीव्रता आएको छ ।
काठमाडौंको टोखा र ललितपुरको पाटन लगायतका क्षेत्रमा माघे संक्रान्ति पर्व नजिकिएसँगै चाकुको उत्पादन र व्यापार फस्टाउन थालेको हो ।
जाडोमा गर्मी बढाउन अर्थात् शरीरलाई तातो बनाउनका लागि यसको प्रयोग हुने गर्दछ । माघे संक्रान्ति र जाडोयामलाई लक्षित गरेर काठमाडौंका चाकु व्यवासायीहरु चाकु बनाउनमा व्यस्त छन् ।
चाकुको मूल्यमा भने गत वर्षको भन्दा फरक नरहेको पाटनका चाकु उत्पादक कृष्ण महर्जनले बताए । उनले अहिले माघे संक्रान्ति नजिकिएकोले पनि धेरै मानिसहरु चाकु किन्न आइरहेको बताए ।
ज्यानमा फुर्ति, ल्याउन र शरीरलाई तातो बनाइराख्नका लागि चाकुले सहयोग गर्ने उनको भनाइ छ ।
चाकु उत्पादक महर्जनले भने , ‘पहिलाको जति थियो अहिले पनि त्यत्ति नै मूल्यमा छ । भक्तपुर काठमाडौं सबैतिरबाट किन्न आएको छ । यो खाएपछि मान्छेहरुको ज्यान तात्ने, बलियो हुने हिसावले चाकु खान्छ , गर्मीमा खाँदैन, गर्मी हसनका लागि खान्छ , बर्खा महिनामा खानु हुँदैन, त्यही जोडो महिनामा धेरै बिक्री हुन्छ, गर्मी महिनामा भन्दा ।’
उत्पादक महर्जनले गर्मी महिनाभन्दा जाडो महिनामा चाकुको व्यापार धेरै हुने भएकोले माग अनुसारको उत्पादन गर्न नसकेको बताए ।
Categorized in बिजनेस

