STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चाडपर्वले मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएका छन् - सभापति देउवा

Janjati Khabar – रासस | २०७७ फाल्गुण २७, बिहिबार

काठमाडौँ - नेपाली कांग्रेसका सभापति  शेरबहादुर देउवाले महाशिवरात्रिका अवसरमा सम्पूर्ण हिन्दू धर्मावलम्बी नेपालीमा सुख, शान्ति र समृद्धिको शुभकामना व्यक्त गर्नुभएको छ ।

उहाँले शुभकामना सन्देशमार्फत हिन्दू धर्मावलम्बीबाट अति श्रद्धाका साथ शिवको आराधना गरेर मनाइने “महाशिवरात्रि” महत्वपूर्ण र पवित्र पर्व भएको जनाउँदै यस्ता चाडपर्वले सामूहिक भावनालाई अझ विकसित गर्दै, सबैमा एकता र मेलमिलापको आधार खडा गर्न सहयोग पुर्याएको बताउनुभएको छ ।

प्रत्येक धार्मिक र सांस्कृतिक रीतिरिवाजलाई सबैले आदर र सम्मान गर्ने हाम्रो आफ्नै सदभावयुक्त परम्परा रहेको जनाउँदै पूर्वप्रधानमन्त्री देउवाले सबै चाडपर्व हाम्रो सामाजिक सम्बन्ध र सांस्कृतिक सौहाद्र्रका धरोहर भएको बताउनुभएको छ ।

Categorized in राष्ट्रिय