STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चाडबाडमा सस्तो मूल्यमा सहजै खाद्यान्न उपलब्ध गराउनू : संसदीय समिति

Janjati Khabar – Janjati Khabar | २०७८ आश्विन १२, मंगलबार

संसदीय समितिले चाडपर्वको बेलामा दैनिक खाद्यान्न र उपभोग्य सामग्री उपभोक्ताहरूलाई सर्वसुलभ र सुपथ मूल्यमा उपलब्ध गराउन सरकारलाई निर्देशन दिएको छ ।

मंगलबार प्रतिनिधिसभा अन्तर्गतको उद्योग तथा वाणिज्य र श्रम तथा उपभोक्ता हित समितिले यस्तो निर्देशन दिएको हो । 

समितिको निर्णय सुनाउँदै समितिका सभापति विमलप्रसाद श्रीवास्तवले चाडबाडको बेला कुनै पनि सामग्रीहरू अभाव हुन नदिन उद्योग मन्त्रालयलाई निर्देशन दिए । उनले काठमाडौं, भक्तपुर र ललितपुर तीन जिल्लाका सीडीओहरूले अनुगमन गर्ने भन्ने कुरा भइरहेकोले यस्तो अनुगमन अन्य जिल्लाहरूमा पनि लागू गर्न  मन्त्रालयलाई निर्देशन दिए ।

सभापति श्रीवास्तवले अहिले बजारमा खानेपानीको अभाव भइरहेको पाइएकोले यस्ता अभावका सामग्रीहरू परिपूर्ति गर्न समेत निर्देशन दिएका छन्। यस्तै साल्ट ट्रेडिङलाई चिनी लगायतका खाद्य सामग्रीहरूको पसल अन्य स्थानमा राख्न पनि उनले निर्देशन दिए ।

सभापति श्रीवास्तवले समितिले चाडबाडको बेलामा आवश्यक खाद्यान्नहरूको तत्काल आपूर्ति गर्न पनि निर्देशन दिएको बताएका छन् । 

Categorized in बिजनेस