STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चार्ल्स शोभराजलाई फ्रान्स डिपोर्ट गरियो

Janjati Khabar – Janjati Khabar | २०७९ पौष ९, शनिबार

काठमाडाैं - सर्वाेच्च अदालतको आदेशानुसार फ्रान्सेली नागरिक चाल्र्स शोभराजलाई १० वषसम्र्म नेपाल आउन नपाउने गरी आज डिपोर्ट गरिएको छ । अध्यागमन विभागका निमित्त महानिर्देशक प्रदर्शनी कुमारीका अनुसार शुक्रबार उनलाई कतार एयरवेजमार्फत फ्रान्स पठाइएको हो ।

सर्वाेच्च अदालतको आदेशपछि कैदमुक्त भएका शोभराजलाई केन्द्रीय कारागारबाट रिहा गरिएको थियो । कारागार विभागका सूचना अधिकारी रामचन्द्र शिवाकोटीले केन्द्रीय कारागारबाट उनलाई रिहा गरी शुक्रबार बिहान अध्यागमन विभागको जिम्मा लगाएको र त्यसपछिका सबै प्रक्रिया अध्यागमनले नै गरेको जानकारी दिए।

सर्वाेच्चको आदेशमा उनलाई १५ दिनभित्रै डिपोर्ट (नेपाल छाड्न) आदेश दिएको थियो । उनीमाथि दुई विदेशी नागरिकको हत्या र नक्कली राहदानी प्रयोग गरेको मुद्दामा दोषी ठहर भई सर्वस्वसहित जन्मकैदको आदेश भएको थियो । उनलाई प्रहरीले विसं २०६० सालमा पक्राउ गरेको थियो ।

Categorized in अपराध-दुर्घटना