STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चितवनको लक्की मिडियाद्वारा तीन विधाका ब्यक्तित्वहरु सम्मानित

Janjati Khabar – विजयरत्न असंबरे | २०७८ फाल्गुण १६, सोमबार

मोफसलकै चर्चित लक्की मिडिया हाउस चितवनको आयोजनामा बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को भब्य प्रिमियर शो तथा सम्मान कार्यक्रममा तीन विधाका ब्यक्तित्वहरु सम्मानित भएका छ्न् । बहुप्रतिक्षित चलचित्र ‘म यस्तो गीत गाउँछु २’ को भब्य प्रिमियर शोको अवसर पारेर विभिन्न क्षेत्रका व्यक्तिहरुलाई उनीहरुको काम र भूमिकालाई उच्च मुल्यांकन गर्दै भरतपुरको चितवन सिनेप्लेक्स सिनेमा हलमा सम्मान गरिएको हो ।

सम्मानित हुनेहरुमा चिकित्सकतर्फ भरतपुर सामुदायिक अस्पतालका बरिष्ठ फिजिसियन डा. महेन्द्र कुमार अग्रहरी, शिक्षाकर्मीमा ग्रीनल्याण्ड पब्लिक स्कूलका सह-प्राचार्य उपेन्द्र आचार्य र ब्यवसायीबाट दाजुभाई मोटरसाईकल रिकण्डिसन एण्ड वर्कशपका सञ्चालक युवा उद्यमी दिपेश खड्का सम्मानित भएका छन् । सम्मानित व्यक्तिहरुलाई प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अतिथिहरुले खादा ओढाएर, प्रशंसा पत्रसहित सम्मान गरिएको थियो ।

रिलिजको पूर्वसन्ध्यामा चितवन सिनेप्लेक्स सिनेमा हलमा राखिएको प्रिमियर शोलाई दर्शकहरुले पूर्ण रुपमा मनोरन्जन लिनुका साथै चलचित्रको तारिफ गरेका थिए । एक सुपरस्टार र एक उदयीमान गायिकाको प्रेमकथामा निर्माण भएको यो चलचित्रलाई अधिकांश दर्शकहरुले फिल्म राम्रो बनेको प्रतिक्रिया दिए । फिल्ममा पल शाह, पूजा शर्मा, हरिहर शर्मा, दिनेश डिसी, राजा राजेन्द्र पोखरेल, सोनिका रोकाय लगायतका कलाकारको अभिनय रहेको छ । प्रिमियर शोमा बिभिन्न क्षेत्रमा आबद्ध रहेका व्यक्तिहरुको बाक्लो उपस्थिती रहेको थियो ।

सामाजिक एवं प्रतिष्ठित व्यक्तित्व वरिष्ठ समाजसेवी युवा नेता बिजयराज भुषालको प्रमुख आतिथ्यतामा सम्पन्न भएको उक्त कार्यक्रममा नेपाल चलचित्र कलाकार संघका महासचिव चेतबहादुर सिंह ‘राजा’ कार्यक्रमको विशिष्ट अतिथि रहनु भएको थियो ।

Categorized in सिनेमा