STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिनियाँ टोली र देउवाबीच भेटघाट

Janjati Khabar – Janjati Khabar | २०७७ पौष १४, मंगलबार

काठमाडौं – चार दिने नेपाल भ्रमणमा रहेको चिनियाँ कम्युनिष्ट पार्टीको उच्चस्तरीय प्रतिनिधिमण्डलले नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा भेट्न बुढानिलकण्ठ पुगेको छ ।

देउवा निवास बुढानिलकण्ठमा  चिनियाँ टोलीसँगको भेटवार्ता जारी रहेको स्रोतले जनाएको छ ।

चिनियाँ कम्युनिष्ट पार्टीको अन्तराष्ट्रिय विभागका उपमन्त्री गुओ येचौ नेतृत्वको टोलीले नेपालको पछिल्लो विकसित राजनीतिक घटनाक्रमबारे नेपाली कांग्रेसको धारणा बझ्न बुढानिलकण्ठ पुगेको हो।

आइतबार नेपाल भ्रमणमा आएको टोलीले राष्ट्रपति विद्यादेवी भण्डारी, प्रधानमन्त्री केपी शर्मा ओली, नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड र माधवकुमार नेपाल एवं जनता समाजवादी पार्टी जसपाका संघीय परिषद् अध्यक्ष डाक्टर बाबुराम भट्टराईसँग भेट गरिसकेको छ।

Categorized in राजनीति