STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिनियाँ दूतावास अगाडि प्रदर्शन

Janjati Khabar – जनजाति खबर | २०७७ आश्विन ७, बुधबार

काठमाडौं  –  हुम्लामा सीमा अतिक्रमण गरेको भन्दै काठमाडौंको बालुवाटारस्थित चिनियाँ दूतावास अगाडि युवाहरुको समूहले प्रदर्शन भएको छ । प्रदर्शनकारीहरुले सीमा अतिक्रमण बन्द गर्नुपर्ने, मिचिएको भूमि फिर्ता गर्नुपर्ने, पुरानो सन्धि लागू हुनपर्ने माग गर्दै प्रदर्शन गरेका छन् । युवाहरुको समूहले ब्याक अफ चाइना लेखिएका पम्पलेटसहित प्रदर्शन गरेका छन् । उनीहरुलाई प्रहरीले दूतावासबाट तितरबितर पारेको छ । हुम्लाको नाम्खा गाउँपालिका-६, लिमीको लाप्चा बगर क्षेत्रमा चीनले नेपाली भूमी मिचेर ९ वटा भवन निर्माण गरेको स्थानीयले बताएका छन् । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरी नेतृत्वको टोलीले उक्त क्षेत्रको निरीक्षण गरेको छ । तर चिनियाँ सेनाले भने भवन निर्माण भएको भूमि चीनकै भएको बताएको छ । यसअघि हुम्लाको लाप्चा बगरमा चीनले नेपाली भूमि मिचेर भवन बनाएको खबर सार्वजनिक भएपछि हुम्लाबाट स्थलगत अध्ययनका लागि गएको नेपाली टोलीसामू चिनियाँ पक्षले नेपाली भूमि अतिक्रमण नगरेको दाबी गरेको छ । हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा गएको टोलीसँग चिनियाँ सुरक्षाकर्मीहरुले त्यो आफ्नै भूमि भएको दाबी गरेको नाम्खा गाउँपालिका, हुम्लाका अध्यक्ष विष्णुबहादुर तामाङले बताए । अध्यक्ष तामाङका अनुसार नेपाली टोली पुगेपछि चिनियाँ प्रहरीले सेनालाई खबर गरेको थियो । एउटा ट्यांकर, ट्रक र जिपमा पीपीई सेट लगाएर आएका चिनियाँ सैनिकले माइकको प्रयोग गरेर नेपाली पक्षलाई यो भूमि चीनको भएको र कुनै विषयमा वार्ता गर्ने भए सीमा बिन्दुमा जान प्रस्ताव गरेको थियो । चिनियाँ पक्षले भनेको सीमा भवनहरु बनेको स्थानबाट नेपालतर्फ एक किलोमिटरमा पर्छ । गाउँपालिका अध्यक्षका अनुसार १२ नम्बरको पिल्लर लाप्चामा छ, तर ११ नम्बरको पिल्लर भेटिएको छैन । ११ नम्बरको पिल्लर पत्ता नलागेसम्म चिनियाँ पक्षले भवनहरु बनाएको क्षेत्र कसको हो भन्न नसकिने उनको भनाई छ । यद्यपि भवन बनेको भन्दा साढे २ किलोमिटर उत्तरतिर नेपाल पक्षले बाटो खनेकाले उपभोगका हिसावले त्यो भूमि नेपालको भएको नेपाली पक्षले बताएको छ । सबै सुरक्षा निकायका अधिकारीसहित हुम्लाका प्रमुख जिल्ला अधिकारी चिरञ्जीवी गिरीको नेतृत्वमा एउटा टोली स्थलगत अध्ययनका लागि गएको थियो । नाम्खा गाउँपालिका–६ लालुङ्जोङमा रहेको स्थानमा चीनले केही वर्ष पहिले दुईवटा भवन बनाएको थियो । तर, यो वर्ष ११ वटा भवन बनाएर पर्खालसमेत लगाएको पाइएको छ ।
Categorized in राजनीति