STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिनियाँ निजी कम्पनीको भूक्तानीजन्य ऋण ५।८ प्रतिशत

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ २२, आइतबार

चिनियाँ वित्तीय संस्थाहरूले निजी व्यवसायीलाई प्रदान गरेको गत मे महिनासम्मको भूक्तानीजन्य ऋण ५।९ ट्रिलियन अमेरिकी डलर रहेको उच्च बैंकिङ नियमक चिनियाँ संस्थाले बताएको छ । चीनको बैंकिङ तथा विमा नियमक आयोग ९सीबीआईआरसी० का अधिकारी याङ लिपिङले भन्नुभयो, “चीनको निजी कम्पनीहरूको पहिलो पाँच महिनाको ऋण देशको कर्पोरेट ऋणको कुल ५१।४८ प्रतिशत देखिएको छ ।” अधिकारीसँगको कुराकानीमा निजी व्यवसाय ९खासगरी साना व्यवसाय०, जसको भूमिका राज्यको अर्थतन्त्र वृद्धिमा सहयोगी रहने गर्छ, को ऋण वृद्धिदर पछिल्ला बर्षहरूमा बढेको छ यद्यपि ऋण लिने क्रममा भने कमी आएको छ । चीनले सन् २०१९ को पहिलो पाँच महिनाका लागि निजी कम्पनीबाट लिने ब्याजदर ५।९८ प्रतिशत रहेको थियो । यो सन् २०१८ को ब्याजदर भन्दा ०।९२ प्रतिशतले कमी हो । यस बर्ष साना तथा अतिसाना व्यवसायले बैंक तथा वित्तीय संस्थाबाट लिने ऋणको दर ६।८९ प्रतिशत कायम रहेको र यो अघिल्लो बर्षको तुुलनामा ०।५ प्रतिशत अङ्कले कमी हो । चीनले साना तथा मझौला व्यवसायको गुणात्मक प्रगतिका लागि प्रभावकारी वित्तीय सेवाहरूलाई सञ्चालन गरिरहेको केही समय पहिले सरकारद्वारा जारी गरेको ह्वाइट पेपरमा जारी चीनको वित्तीय नीतिमा उल्लेख गरिएको थियो ।
Categorized in अन्तर्राष्ट्रिय