STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चिनियाँ संस्थाबाट दशकोठे भवन हस्तान्तरण

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १९, आइतबार

चीनको बाल दिवसका अवसरमा चीनमा सञ्चालित गरीबी उन्मूलन नामक संस्था सिएफपिए ले सातदोबाटोस्थित महेन्द्र आदर्श विद्याश्रमलाई दशकोठे भवन हस्तान्तरण गरेको छ ।  लामो समयदेखि गुठीका नाममा सञ्चालित उक्त विद्यालयमा २०७२ सालको भूकम्पपछि कक्षाकोठाको अभाव हुँदै आएको थियो । 
सो विद्यालयमा अध्ययनरत विद्यार्थीको अवस्थालाई ध्यान राखी भवन बनाइएको सफा सुनौलो नेपालका पूर्वअध्यक्ष राजेश हमालले जानकारी दिनुभयो ।  विद्यालयका प्रधानाध्यापक कृष्णदत्त जोशीले सिएफपिए संस्थाका जङ च्याङ ग्व र चाउ पी छ्याङले उक्त भवन निर्माणमा रु दुई करोड नौ लाख ५० हजार सहयोग गरेकोे जानकारी दिनुभयो । “भवन अभावका कारण लामो समयदेखि विद्यार्थीले अध्ययनको वातावरण प्राप्त गर्न सकेका थिएनन्”, जोशीले भन्नुभयो, “कक्षाकोठाको सुविधा पाएसँगै अब विद्यालय र कलेजमा शिक्षाको गुणस्तर सुधार हुने अपेक्षा गरेका छाँै ।” 
विद्यालय व्यवस्थापन समितिका अध्यक्ष तथा प्रतिनिधिसभा सदस्य पम्फा भुसालले श्रमजीवी जनताको छोराछोरी अध्ययन गर्ने सो विद्यालयमा नेपाल र चीनको मित्रताका कारण गरीब नेपालीको राम्रो भविष्यमा सहयोग पुगेको बताउनुभयो ।  “विद्यालय अगाडि रहेको १२ रोपनी जग्गा भाडामा दिएर वर्षको रु ६ लाख उठाउने गरेका छौँ”, भुसालले भन्नुभयो, “ यसैबाट विद्यालय र विद्यार्थीको आवश्यकतालाई ध्यानमा राखी सामग्री जुटाउने गरेका छौँ ।”
ललितपुर महानगरपालिका, शिक्षा शाखाका उपसचिव महेन्द्रबहादुर क्षत्रीले विद्यार्थीका लागि विद्यालय भवन मात्रै नभई शिक्षाको गुणस्तरमा पनि उत्तिकै सुधार हुनुपर्नेमा जोड दिनुभयो ।  क्षत्रीले भन्नुभयो, “बालबालिकाको शैक्षिक अवस्था अवलोकन गर्न अभिभावकहरु  प्रत्येक महिना विद्यालय आउनुपर्छ ।”
सिएफपिएका अध्यक्ष चाउले गत वर्ष सो विद्यालयमा अध्ययनरत विद्यार्थीको आर्थिक अवस्थालाई ध्यानमा राखी ३०० झोला र  १८  कम्प्युटर  वितरण गरिएको जानकारी दिनुभयो । आजको भवन हस्तान्तरण कार्यक्रममा सो कलेजका पूर्वप्रमुख रामप्रसाद पाठक र अनिरुद्ध रिसाललाई सम्मान गरिनाका साथै  विद्यालयका इलेक्ट्रिसियन मङ्गल महर्जनलाई रु एक लाखको पुरस्कार प्रदान गरियो । 
Categorized in राष्ट्रिय