STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चीनको सिचुवानमा भूकम्पः एकको मृत्यु, २९ घाइते

Janjati Khabar – जनजाति खबर | २०७६ भाद्र २२, आइतबार

चीनको वाईयुयान क्षेत्रमा आएको भूकम्पमा परी एक जनाको मृत्यु भएको छ । स्थानीय समय अनुसार बिहान १० बजेसम्ममा अरु २९ जना घाइते भएको उद्धारकर्मीहरुले जनाएका छन् । घाइतेहरु सबैलाई उपचारका लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । उनीहरुमध्ये दुई जनाको अवस्था गम्भीर रहेको अस्पतालले जनाएको छ । स्थानीय समय अनुसार आइतबार बिहान ६।४२ बजे आएको उक्त भूकम्प ५।४ म्याग्नीच्युडको रहेको थियो । भूकम्पका कारण कम्तीमा १७ घर पूर्ण रुपमा भत्किएको र अरु २१५ घरमा क्षति पुगेको अधिकारीहरुले जनाएका छन् ।
Categorized in अन्तर्राष्ट्रिय