STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चीनले तीन लाख मात्रा खोप उपलब्ध गराउने

Janjati Khabar | २०७७ माघ १८, आइतबार

नेपाल सरकारको अनुरोधमा चीन सरकारले कोभिड–१९ विरुद्धको तीन लाख मात्रा खोप उपलब्ध गराउने भएको छ ।

    अनुदानस्वरुप नेपाल सरकारलाई प्रदान गरिने उक्त खोप चाँडोभन्दा चाँडो नेपाललाई उपलब्ध गराउन नेपाल सरकारका सम्बन्धित निकायहरुसँग निकट सम्पर्कमा रहेर काम भइरहेको यहाँस्थित चिनियाँ राजदूतावासले जनाएको छ ।  विश्व स्वास्थ्य सङ्गठनले निर्धारण गरेको मापदण्डअनुरुप चीनमा उत्पादित सो खोपको प्रभावकारिता उच्च रहेको जनाइएको छ ।

Categorized in राष्ट्रिय