STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चुनाव घोषणा गरेपछि लोकप्रिय बजेट ल्याइयो : डा महत

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १६, आइतबार

काठमाडौँ - नेपाली काँग्रेसका नेता एवं पूर्व अर्थमन्त्री डा रामशरण महतले विद्यमान विकास आयोजना पूरा हुन नसकिरहेका बेला  सरकारले ठूलो आकारको लोकप्रिय बजेट ल्याएको भन्दै आलोचना गर्नुभएको छ ।

स्कुल अफ डेमोक्रेसीले आज यहाँ आयोजना गरेको ‘खस्किदो अर्थतन्त्र, कहाँ चुक्यो सरकार ? विषयक बजेट समीक्षा’ कार्यक्रममा उहाँले नीति र कार्यक्रम छलफलबिना नै निर्वाचन घाोषणा गरेको सरकारले अध्यादेशबाट पूर्ण बजेट ल्याएको बताउनुभयो ।  

“निर्वाचन तोकिसकेको सरकारले तलब, भत्ता वृद्धि र कर छुट दिएर निर्वाचनमा भोट पाउन अध्यादेशबाट लोकप्रिय बजेट ल्याएको छ, यो निर्वाचनमा जनतालाई प्रभाव पार्ने खालको बजेट हो,”– उहाँले भन्नुभयो, “भएका कार्यक्रमलाई निरन्तरता दिनेमात्र कामचलाउ सरकारको काम हो, पुरक बजेट ल्याउन मिल्दैन ।”

नेपाल राष्ट्र बैँकका पूर्वगर्भनर डा चिरञ्जीवी नेपालले सरकारले पर्याप्त छलफल नगरी बजेट ल्याएको जनाउँदै भन्नुभयो, “भूकम्पको समयमा आउन नसकेको अनुदान तथा ऋण संसारभर फैलिएको कोरोनाको बेलामा कसरी आउन सक्छ ।’’

राष्ट्रिय योजना आयोगका  पूर्व उपाध्यक्ष डा जगदीशचन्द्र पोखरेलले बजेट निर्वाचनमुखी आएको बताउनुभएको छ । बजेट चाहिने ठाउँमा भन्दापनि नचाहिने ठाउँमा विनियोजन गर्न खोजेको उहाँको भनाइ छ ।

राष्ट्रिय योजना आयोगका  पूर्व उपाध्यक्ष डा गोविन्द पोखरेलले बजेटले सबै पक्षलाई छोएपनि यसको कार्यान्वयनमा चुनौतीपूर्ण रहेको उल्लेख गर्नुभयो । राष्ट्रिय योजना आयोगका  पूर्व उपाध्यक्ष डा शङ्कर शर्माले दलहरुबीचको प्रतिस्पर्धाका कारण सामाजिक सुरक्षामा रकम बढ्दा राज्यलाई थप भार पर्ने बताउनुभयो ।

स्कुल अफ डेमोक्रेसीका अध्यक्ष नैनसिंह महरले संसदमा नीति र कार्यक्रम प्रस्तुत नगरी बजेट आउनु संविधानको मर्म र भावनाविपरीत भएको बताउनुभएको थियो । रासस

Categorized in राजनीति