STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

चैतभित्र काठमाडौंको सडकमा साझाको बिजुली बस

Janjati Khabar – Janjati Khabar | २०७८ फाल्गुण १०, मंगलबार

साझा यातायातले खरिद गर्न लागेका बिजुली गाडी तयार भएका छन् ।

२०७७ चैतमा ठेक्का आह्वान गरिएका ४० वटा बिजुली गाडीमध्ये कम्पनीले आगामी २१ चैतसम्ममा तीनवटा गाडी साझालाई हस्तान्तरण गर्ने साझा यातायातका महाप्रबन्धक महेन्द्रराज पाण्डेले जानकारी दिए ।

‘गाडी बनिसक्यो । ती तीनवटा गाडी ल्याएर परीक्षण गर्छौं । सबै ठीक भए १७ साउनभित्र बाँकी ३७ वटा हस्तान्तरण गर्छ,’ उनले भने ।

९ मिटर लामो यो गाडी २५ सिट क्षमताको हुनेछ । यस गाडीमा सीसी क्यामरा, डिजिटल डिस्प्ले, साइकल झुण्ड्याउने स्ट्याण्ड हुनेछ भने अपांगमैत्री हुने पनि पाण्डेले जानकारी दिए ।

साझाले गत वर्ष चैतमा ४० वटा बिजुली गाडीका लागि अन्तर्राष्ट्रिय बोलपत्र आह्वान गरेको थियो । नौवटा कम्पनीका प्रस्तावमध्ये आर्थिक र प्राविधिक रूपमा सीएचटीसी कम्पनी छानिएको थियो । भ्याटसहित डेढ करोड रुपैयाँको हाराहारीमा पर्ने उक्त गाडी ५ वर्षसम्म सीएचटीसीले नै नि:शुल्क मर्मत गर्नुपर्ने सम्झौतामा उल्लेख छ ।

Categorized in उपत्यका