चैतमा नङ एकेडेमी ले नेपाल भारत प्राध्यापक सम्मेलन गर्ने
Janjati Khabar – विजयरत्न असंबरे | २०८२ माघ ८, बिहिबार
प्राज्ञिक एवम् वाङमय क्षेत्रमा सक्रिय संस्था नइ एकेडेमीले आगामी चैत २७, २८ र २९ गते (अप्रिल १०, ११ र १२) काठमाडौँमा 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्ने भएको छ ।
नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलनका लागि नेपाली भाषासाहित्यको विद्यावारिधि तहसम्मको पठनपाठन र अनुसन्धान हुने दुवै देशका सम्पूर्ण विश्वविद्यालयका २८ जना प्राज्ञबाट दस्ताबेज प्रस्तुत गरिने छन् ।
नइ एकेडेमीले महासमालोचक प्रा.डा.वासुदेव त्रिपाठीको सर्वोच्च प्राज्ञिक नेतृत्वमा तीनदिने 'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’ आयोजना गर्न लागेको कुरा नई का सदस्य सचिव नरेन्द्र राज प्रसाइले जानकारी दिनु भएको छ ।
'नेपाल भारत विश्वविद्यालय प्राध्यापक सम्मेलन’का संयोजक प्रा.डा.महादेव अवस्थी हुनुहुन्छ भने सल्लाहकारमा प्रा.केशव सुवेदी रहनुभएको छ ।
Categorized in राष्ट्रिय

