STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

च्याउ उत्पादन परीक्षण सफल

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १४, मंगलबार

हुम्लाको उच्चहिमाली क्षेत्रमा कन्ये जातको च्याउ उत्पादन परीक्षण सफल भएको छ । वर्षमा एक पटक मात्र च्याउ खेती गरिँदै आएकोमा यसपटक नयाँ जातको च्याउ परीक्षण गर्दा दुई पटकसम्म उत्पादन गर्न सकिने देखिएको छ । फागुनदेखि कार्तिकसम्म नौ महीनामा दुई पटकसम्म कन्ये च्याउको खेती गर्न सकिने परीक्षणबाट देखिएको सिमकोट गाउँपालिका कृषि शाखाका संयोजक नेत्रबहादुर शाहीले बताउनुभयो । यसअघि साउनदेखि कार्तिकसम्म मात्र च्याउ खेती गरिँदै आएको थियो । गाउँपालिकाका पाँच जना अगुवा किसानलाई परीक्षणका लागि गत फागुनमा पाँच सेट कालो प्लाष्टिक र च्याउबीउ सेट दिएकोमा अहिले च्याउ उत्पादन भएर बजारमा आउन थालेको उहाँले बताउनुभयो । च्याउको बजार मूल्य अहिले प्रति किलोग्राम ५०० रुपैयाँ रहेकोे सिमकोट–२ की किसान प्रतिमा बोहराले बताउनुभयो । परीक्षणका लागि लगाइएको च्याउ अहिले बजारमा बिक्रीका लागि आउन थालेको उहाँले बताउनुभयो । अहिले परीक्षणका लागि लगाइएको र अब साउनमा व्यावसायिक रुपमा च्याउ खेती गर्ने पनि उहाँले बताउनुभयो ।
Categorized in राष्ट्रिय