STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छात्रालाई साइकल वितरण

Janjati Khabar – जनजाति खबर | २०७६ मङ्सिर २५, बुधबार

प्रदेश नं २ सरकारले सञ्चालन गरेको मुख्यमन्त्री ‘बेटी पढाऊ बेटी बचाऊ’ कार्यक्रमअन्तर्गत सिरहाको बरियारपट्टी गाउँपालिकास्थित जनता माध्यमिक विद्यालय जानकीनगर खोक्सीका ३८ छात्रालाई साइकल वितरण गरिएको छ । विद्यालय परिसरमा आयोजित कार्यक्रममा बरियारपट्टी गाउँपालिकाका अध्यक्ष सन्तोषकुमार महतो र उपाध्यक्ष रेखाकुमारी यादवले संयुक्त रुपमा साइकल वितरण गर्नुभएको हो । सो अवसरमा गाउँपालिकाका अध्यक्ष महतोले शिक्षाको विकास नभई अन्य विकास सम्भव नभएको बताउँदै शिक्षाको विकासका लागि समाजका सबै वर्ग सक्रियतापूर्वक लाग्नुपर्नेमा जोड दिनुभयो ।
Categorized in राष्ट्रिय