STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

छ्याकते ढुंगामा 'पृथ्वीनारायण शाह'लाई थुक्न प्रहरीले रोके

Janjati Khabar – Janjati Khabar | २०७७ पौष २७, सोमबार

हरेक वर्ष पृथ्वी जयन्तीका दिन कीर्तिपुरको छ्याकः ल्वहं (छ्याकते ढुंगा)मा कीर्तिपुरबासीहरुले थुक्दै आइरहेका छन् । पृथ्वीनारायण शाहले क्रूर तवरले आक्रमण गरी कीर्तिपुरलाई जितेको विरोधमा कीर्तिपुरबासीले सो छ्याकः ढुंगामा वर्षेनी थुक्दै आइरहेको हो ।

यसैक्रममा आज सोमबार पृथ्वी जयन्तीको दिन पारेर छ्याकः ढुंगामा स्थानीयबासीलाई थुक्नबाट रोक लगाउन प्रहरी तैथान गरिएको छ । जसको कारण आज कीर्तिपुरबासीले सो ढुङ्गामा थुक्न पाएनन् ।

मंगोल नेशनल अर्गनाइजेशनको आयोजनामा आज दिउँसो थुक्ने कार्यक्रम रहेकोमा प्रहरीले थुक्न नदिएपछि सभाको आयोजना गरिएको थियो ।

सभामा अर्गनाइजेशनका महासचिव, नेवाः राष्ट्रिय परिषदका अध्यक्ष मनरत्न शाक्य, राजपाका ललित प्रधान, आङकाजी शेर्पाले पृथ्वीनारायण शाहले राज्य एकीकरण गरेको नभई उपत्यकाका जनतामाथि क्रूर दमन एवं जालझेल गरी आदिवासी एवं भूमिपुत्रहरुको भाषा, संस्कृति र परम्पराको नाश गरेको बताउँदै पृथ्वीनारायण तानाशाही राजा भएको बताएका थिए ।

 

Categorized in उपत्यका