STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जनक शिक्षा सामग्री केन्द्रका निर्देशकलाई कालोमोसो

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २०, सोमबार

काठमाडौं - जनक शिक्षा सामग्री केन्द्रका प्रबन्ध निर्देशक अनिल कुमार झालाई विप्लव नेतृत्वको नेकपाका विद्यार्थी संगठनले कालोमोसो दलेको छ । पाठ्यपुस्तकको कृतिम अभाव गराएको तथा भ्रष्टाचार गरेको आरोप लगाउँदै विप्लवका विद्यार्थीहरुले शुक्रबार कालोमोसो दलेका हुन् ।

संगठनका महासचिव ललित बिश्वकर्माले विभिन्न ६ बुँदे आरोपसहित कालोमोसो दलिएको बताए । उनका अनुसार देशैभरि सरकारी विद्यालयहरुमा पाठयपुस्तकको चरम कृतिम अभाव गराउने काम जनकशिक्षाकै अधिकारीबाट भएको छ ।

राजधानीमै पाठयपुस्तकको चरम अभाव गराएको, चरम भ्रष्टाचार गरेको, कागज खरिदमा चरम अनियमितता गरेको, निजी शैक्षिक संस्थासँग मिलेर जनक शिक्षा सामाग्री केन्द्र डुवाउने खेलमा लागेको, जनताका छोराछोरीको भविष्यमाथि चरम खेलवाड गरेको जस्ता आरोप पनि अखिल क्रान्तिकारीले लगाएको छ ।

Categorized in शिक्षा