जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित
Janjati Khabar – Janjati Khabar | २०७८ बैशाख २०, सोमबार
कोरोनाभाइरसको दोस्रो लहर फैलिएसँगै राष्ट्रिय जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित भएको छ ।
मन्त्रिपरिषद्को आइतबार बसेको बैठकले जनगणना कार्यक्रम अनिश्चितकालका लागि स्थगित गर्ने निर्णय गरेको हो ।
कोरोनाका कारण अवस्था प्रतिकूल रहेकाले मन्त्रिपरिषद्ले राष्ट्रिय जनगणना कार्यक्रम स्थगित गरेको जनाइएको छ । सरकारले अवस्था सहज भएपछि जनगणना कार्यक्रमबारे नयाँ मिति तोक्ने बताइएको छ ।
केन्द्रीय तथ्याङ्क विभागले हरेक दश वर्षमा राष्ट्रिय जनगणना कार्यक्रम गर्दै आएको छ । बिक्रम सम्बत १९६८ देखि संचालन हुँदै आएको जनगणनाको बाह्रौं श्रृखंला जेठ २५ देखि असारसम्म सञ्चालन गर्न लागिएको थियो ।


