STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जन सांस्कृतिक महासंघले गरे संगीत गुरुको सम्मान

Janjati Khabar – विजयरत्न असंबरे | २०८२ आषाढ २७, शुक्रबार

नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रममा संगीत प्रवीण श्रीराम अाचार्यलाई संगीत गुरुको रुपमा सम्मान गरेको छ ।  प्रमुख अतिथिका रुपमा नेपाल जनसांस्कृतिक महासंघ अन्तर्गत महिला विभागले नेपाल पर्यटन बोर्ड, भृकुटीमण्डपमा आयोजना गरेको गुरु पूर्णिमा तथा डकुमेन्ट्री प्रर्दशन कार्यक्रमलाई प्रमुख अतिथिका रुपमा रहनु भएका नेकपा (एमाले) का स्थायी कमिटिी सदस्य तथा जनसंगठन समन्वय संयन्त्रका संयोजक भानुभक्त ढकालले सम्बोधन गर्दै  सांस्कृतिक र पारिवारिक परम्पराहरू भत्किँदै गइरहेको उल्लेख गर्नु भएको छ । उहाँले “समाजमा तीव्र प्रविधि विकाससँगै हाम्रो मौलिकता, अनुशासन र गुरु–चेला सम्बन्धमा आएको विचलन चिन्ताजनक छ,” भनि भन्नु भएको छ । उहाँले थप्नु भयो यस्ता मूल्य मान्यताहरूको जगेर्ना गर्नु अहिलेको आवश्यकता रहेको छ ।  उहाँले पछिल्लो समय सूचना प्रविधिको तीव्र विकासले नेपाली समाजका कतिपय गहिरा मूल्य, मान्यता, संस्कार र संस्कृतिमा गम्भीर असर परेको टिप्पणी गर्नुभएको छ ।

उहाँले महिलाहरुलाई नेतृत्व तहमा लैजान नेकपा (एमाले) को प्रयास सकारात्मक भएको र यसमा महिलाहरु आफै पनि अग्रसर हुनु पर्नेमा जोड दिनु भयो ।

कार्यक्रममा नेकपा (एमाले) केन्द्रीय निर्वाचन आयोगका अध्यक्ष डा. विजय सुब्बाले सभ्य समाज अनुशासनमा आधारित हुने उल्लेख गर्दै अनियन्त्रित स्वतन्त्रता अराजकतातर्फ उन्मुख हुने चेतावनी दिनुभयो । “गुरु–चेला परम्परा नेपाली समाजको अमूल्य धरोहर हो, तर पछिल्लो समय यसप्रति विश्वास घटेको देखिन्छ,” उहाँले गुरु बन्न पनि आदर्श विशेषताहरू आवश्यक पर्नेमा जोड दिनुभयो । उहाँले मूल्य, नैतिकता र व्यवहारको जगमा उभिएको परम्परागत शिक्षालाई निरन्तरता दिनुपर्नेमा जोड दिनुभयो । उहाँका अनुसार समाजमा अग्रजको अनुभव ग्रहण गर्ने संस्कारको पुनजागरणले नै भावी पुस्तामा ज्ञान र अनुशासनको प्रवाह सम्भव हुन्छ ।

कार्यक्रममा जनसांस्कृतिक महासंघकी अध्यक्ष भूमिका सुब्बा लिम्बूले महिला विभागद्वारा आयोजित यस कार्यक्रममा पुरानो परम्परालाई निरन्तरता दिइएकोमा खुसी व्यक्त गर्नुभयो । त्यस्तै, चित्रकलामा उत्कृष्ट पाँच जना विद्यार्थीहरूलाई पुरस्कार प्रदान गरिएको थियो । कार्यक्रममा सवनम मुखियाको निर्देशनमा बनेको सामाजिक सन्देशमूलक डकुमेन्ट्री ‘टियर्स अफ फियर (डरको आँशु)’ पनि प्रदर्शन गरिएको थियो ।

Categorized in साहित्य-कला