जयनगर–कुर्था रेल शनिबारदेखि चल्ने
Janjati Khabar – Janjati Khabar | २०७८ चैत्र १५, मंगलबार
काठमाडौं - नेपाल र भारतका प्रधानमन्त्रीले संयुक्त रूपमा भर्चुअलमार्फत नेपाल रेल सेवाको उद्घाटन गरिने मिति तय भएको छ । निर्माण सम्पन्न भएको लामो समयसम्म पनि सञ्चालनमा आउन नसकेको जनकपुर–जयनगर रेलमार्गको यही चैत १९ गते शनिबार उद्घाटन हुने भएको हो ।
प्रधानमन्त्री शेरबहादुर देउवा र उनका भारतीय समकक्षी नरेन्द्र मोदीले संयुक्त रूपमा सो रेलमार्गको उद्घाटन गर्ने कार्यक्रम तय भएको भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले जनाएको छ । दिल्लीबाट भर्चुअल माध्यमबाट उद्घाटन गर्ने कार्यक्रम तय भएको नेपाल रेल–वे कम्पनीका महाप्रबन्धक निरन्जन झाले जानकारी दिए ।
Categorized in राष्ट्रिय

