STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जसपा विवाद : अध्यक्ष ठाकुरसहित चारजना पार्टीबाट निष्काशित

Janjati Khabar – Janjati Khabar | २०७८ जेठ १८, मंगलबार

काठमाडौं - जसपाको उपेन्द्र-बाबुराम पक्षले पार्टी अध्यक्ष महन्थ ठाकुरसहित चारजना नेतालाई निष्कासनको घोषणा गरेको छ ।

महन्थ ठाकुरसहित नेताहरू राजेन्द्र महतो, सर्वेन्द्रनाथ शुक्ला र लक्ष्मणलाल कर्णलाई पार्टीबाट निष्कासन गरेको हो ।

यसअघि दुवै पक्षले एक अर्कालाई निष्कासनको चेतावनीसहित स्पष्टीकरण सोधेका थिए । मंगलबार पार्टी कार्यालय बालकुमारीमा बसेको कार्यकारिणी समितिको बैठकले चार नेतालाई कारबाही गरेको जानकारी एक नेताले बताए ।

यस्तै यादव-भट्टराई पक्षले वर्तमान सरकारमा सहभागी हुने जुनसुकै नेतालाई पार्टीबाट निष्कासन गर्ने चेतावनी दिएका थिए।

ठाकुर पक्ष भने ८ मन्त्रालय र २ राज्यमन्त्रीसहित सरकारमा जाने अन्तिम तयारीमा छन् । ठाकुर पक्षले सरकारमा जाने विषयमा छलफल गर्न आफ्नो बैठक बोलाएको छ।

Categorized in राजनीति