STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जापानका पूर्वप्रधानमन्त्री आबेको निधनप्रति शनिबार राष्ट्रिय शोक मनाइँदै

Janjati Khabar – Janjati Khabar | २०७९ आषाढ २५, शनिबार

काठमाडौं - नेपालले मित्र राष्ट्र जापानका पूर्वप्रधानमन्त्री शिन्जो आबेको निधनप्रति दुःख व्यक्त गर्दै उनको सम्मानमा आज (शनिबार) राष्ट्रिय शोक मनाइँदैछ ।
मन्त्रिपरिषद्को बैठक बसेर स्वर्गीय आबेको सम्मानमा राष्ट्रिय शोक मनाउने निर्णय गरेको हो ।

गृह मन्त्रालयले विज्ञप्ति जारी गरी उनको निधनमा आज राष्ट्रिय शोक मनाउन राष्ट्रियस्तरमा कुनै पनि औपचारिक कार्यक्रम आयोजना नहुने जनाएको छ ।
नेपाल सरकारले उनको परिवार, जापान सरकार र जापानी जनाताप्रति गहिरो दुःख व्यक्त गर्दै आबेप्रति श्रद्धाञ्जली अर्पण गरेको छ ।

चुनावी सभालाई सम्बोधन गरिरहेको अवस्थामा उनीमाथि गोली प्रहार भएको थियो । गम्भीर घाइते भएका उनको उपचारको क्रममा निधन भएको थियो ।

Categorized in राष्ट्रिय