STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जावलाखेलमा रेनु दाहाल सवार गाडी दुर्घटनामा, घाइते दाहाल खतरामुक्त

Janjati Khabar – Janjati Khabar | २०७९ जेठ १३, शुक्रबार

काठमाडौं - भरतपुरका नवनिर्वाचित मेयर रेनु दाहाल सवार प्रदेश ३–०१–०२३ च ७३१८ नम्बर गाडी शुक्रबार जावलाखेलमा दुर्घटना भएको थियो ।

दुर्घटनामा घाइते भएकी भरतपुर महानगरपालिकाकी मेयर रेनु दाहालको अवस्था खतरामुक्त रहेको प्रहरीले जनाएको छ । उनको हाल ललितपुरको पुल्चोकस्थित सुमेरु अस्पतालमा उपचार भइरहेको छ। उनको टाउकोमा चोट लागेपछि टाँका लगाइएको र अवस्था खतरामुक्त रहेको प्रहरीको भनाइ छ । 

नेकपा माओवादीका अध्यक्ष प्रचण्डकी पुत्री दाहाल स्थानीय निर्वाचनमा भरतपुर महानगरपालिकाकाे मेयरमा निर्वाचित भएका हुन् ।

टायर पञ्चर भएर गाडी बिजुलीको पोलमा ठोक्किन पुगेको प्रहरीले जनाएको छ । दुर्घटनाबाट गाडीको एक भागमा नराम्ररी क्षति पुगेको छ । 

गाडी गुल्मी घर भइ ललितपुरको हात्तीवन बस्ने अनिल कुमार पाठकले चलाएका थिए । 

Categorized in अपराध-दुर्घटना