जी, आजतक, इन्डिया टिभी र एबीपी बाहेक अन्यको प्रसारण सुचारु
Janjati Khabar – जनजाति खबर | २०७७ आषाढ २९, सोमबार
काठमाडाैं- केबल अपरेटरहरूले चार भारतीय न्यूज च्यानल बाहेक अन्य च्यानलको प्रसारणमा सुचारु गरेका छन् ।
केबल अपरेटरहरूको आइतबार बसेको बैठकले जी–न्यूज, आजतक, इन्डिया टिभी र एबीपी न्यूज च्यानलहरूको प्रसारण बन्द राखेर अरू सुचारु गर्ने निर्णय गरेको हो ।
डिसहोमका प्रवन्ध निर्देशक सुदीप आचार्यका अनुसार, डिसहोममा सुरुदेखि नै यी चार वटा न्यूज च्यानलको मात्र प्रसारण रोके पनि अन्य केबल अपरेटरहरुले भने अरु च्यानलको पनि प्रसारण रोकेका थिए ।
नेपाल र प्रधानमन्त्री केपी शर्मा ओलीबारे भ्रामक एवम् आपत्तिजनक समाचार प्रसारण गरेपछि केबल अपरेटरहरूले २५ असारमा भारतीय न्यूज च्यानलको प्रसारणमा रोक लगाएका थिए ।
Categorized in सिनेमा