जेठ २ सम्म हवाई उडानमा रोक
Janjati Khabar – जनजाति खबर | २०७७ बैशाख १४, आइतबार
काठमाडाैं- अन्तराष्ट्रिय तथा आन्तरिक हवाई उडान आगामी जेठ २ गतेसम्म बन्द रहने भएको छ ।
उच्चस्तरीय समन्वय समितिको शनिबार बसेको बसेको तत्काल हवाई उडान सुचारु गर्न नसकिने निष्कर्ष निकालेको हो ।
सुरूमा चैत ९ देखि १८ गतेसम्म नेपाल आउने अन्तर्राष्ट्रिय उडानमा रोक लगाइएको थियो । त्यसपछि वैशाख ३ सम्म प्रतिबन्ध लम्बाइएको भने तेस्रोपटक १८ गतेसम्म प्रतिबन्ध विस्तार भएको थियो ।
सरकारले आन्तरिक उडान मात्रै रोकेको छैन, विदेशी एयरलाइन्सहरूलाई यात्रु लिएर आउन प्रतिबन्ध लगाएको छ । तर, विदेशी एयरलाइन्सहरूले नेपालबाट यात्रु लिएर जान खाली विमान पठाउन सक्छन् ।
Categorized in राष्ट्रिय