जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुग्यो
Janjati Khabar – Janjati Khabar | २०८२ भाद्र २७, शुक्रबार
काठमाडौं - जेनजी प्रदर्शनमा मृत्यु हुनेको संख्या ५१ पुगेको छ । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता तथा डीआईजी विनोद घिमिरेले मृतकको संख्या ५१ पुगेको बताए ।
जसमा काठमाडौं उपत्यकामा मृतक भएकादेखि अन्य जिल्लाहरुको पनि जोडिएको छ । तीन प्रहरी, एक भारतीय महिलासहित ५१ जनाको मृत्यु भएको प्रहरीले बताएको छ।पहिलो दिनको प्रदर्शनको क्रममा मृत्यु हुनेको संख्या २१ थियो । कैदीमात्रै ९ जना मारिए । बाल सुधार गृहमा रहेका ५ जना, प्रहरी तीन जना बाँकी जलेको अवस्थमा मृत भेटिएको प्रहरीले बताएको छ ।
काठमाडौं मेडिकल कलेज सिनांमगल र विपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा २-२ जनाको मृत्यु भएको छ भने त्रिवि शिक्षण अस्पतालमा १ जनाको मृत्यु भएको छ । त्यस्तै उपत्यका बाहीर भेरी अस्पताल नेपालगञ्जमा ५, रामेछाप अस्पतालमा २, बिर्तासिटी र बी एण्ड सी अस्पतालमा झापामा १ १ जनाको मृत्यु भएको मन्त्रालयले सार्वजनिक गरेको विवरणमा उल्लेख छ ।
प्रदर्शनका क्रममा सुरक्षाकर्मी र प्रदर्शनकारी गरी १ हजार ७ सय ६० जना घाइते भएका थिए । जसमध्ये १ हजार ३ सय ३० जना उपचारपछि डिस्चार्ज भइसकेका छन् भने ३ सय २१ जनाको विभिन्न अस्पतालमा उपचार भइरहेको छ ।
मन्त्रालयका अनुसार ७२ जनालाई अस्पतालहरुले अन्यत्र रेफर गरेका छन् । सिभिल अस्पतालमा २१ जनाको शल्यक्रिया गरिएको छ भने राष्ट्रिय ट्रमा सेन्टरमा ११ जना, ग्राण्डी अस्पतालमा ९ जना, काठमाडौं मोडेल अस्पतालमा १ जना, किर्तिपुर बर्न अस्पतालमा ३ जना र नारयणी अस्पतालमा ३ जना गरी जम्मा ५० जना घाइतेको शल्यक्रिया गरिएको छ ।
जेनजी प्रर्दशनमा मृत्यु भएकाहरूको पोस्टमर्टम सुरू
यसक्रममा नजी प्रर्दशनमा गोली लागेर मृत्यु भएकाहरूको त्रिवि शिक्षण अस्पताल महाराजगन्जमा पोष्टमर्टम सुरू भएको छ।शुक्रबार मृतकका परिवारले प्रहरी परिसर काठमाडौंबाट पोस्टमर्टमका लागि पत्र लिएर आएपछि सुरूआत गर्न थालिएको हो।
त्रिवि शिक्षण अस्पतालका फरेन्सिक विभागका प्रमुख डाक्टर गोपाल चौधरी ९ वटा शवको पोस्टमार्टम प्रक्रिया सुरु भएको जानकारी दिए । आधिकारीक पत्र लिएर आएकाले पोष्टमर्टम सुरू गर्न थालिएको टिचिङ अस्पतालको फरेन्सिक मेडिसिन विभागले जानकारी दिएको छ ।
फोरेसिन्क विभागमा काठमाडौं उपत्याकाको मात्रै ३६ जना शव पोस्टमार्टमका लागि पुगेको मृत्यु हुनेको संख्या बढ्ने सक्ने अनुमान छ ।
Categorized in राष्ट्रिय

