जेष्ठ ३२ गते थापाथलीमा पानीको लागि हजारौं जनता भेला हुने
Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार
उपत्यका खानेपानी पीडित दबाब समूहको संयोजकत्वमा खानेपानीको सहज व्यवस्था गर्नुपर्ने माग राख्दै आउँदो जेष्ठ ३२ गते शनिबार बिहान ११ बजे काठमाडौं र ललितपुरको सीमाना क्षेत्र थापाथली बागमती पुलमा विशाल नागरिक भेला हुने भएको छ ।
दबाब समूहका सदस्य प्रकाश अमात्य भन्नु हुन्छ, “सरकारले खानेपानीको व्यवस्था सहज रुपमा नगरेको हुनाले यसरी जनसमुदायबाट दबाब दिनको निमित उक्त कार्यक्रमको आयोजना गरिएको हो ।”
मेलम्ची खानेपानी आयोजनाको काम यथाशीघ्र समापन गरी अत्यावश्यक खानेपानीको व्यवस्था सहज गराउनको निम्ति जनस्तरबाट नै सरकारलाई दबाब दिनुपर्ने अवस्था सिर्जना भएको कुरा राख्नुहुँदै अमात्यले जेठ ३२ गते शनिबार हुने उक्त दबाबमूलक कार्यक्रममा हजारौंको संख्यामा जनताहरु सडकमा आउने निश्चित भइसकेको कुरा राख्नुभयो ।
दबाब समूहका सदस्य प्रकाश अमात्यले उक्त दबाब कार्यक्रम आवश्यकताको विषयमा ललितपुरमा बृहत्त भेला भइसकेको र काठमाडौंमा पनि बिभिन्न वडामा त्यस्ता भेला भइसकेको जानकारी पनि दिनुभयो ।
काठमाडौं उपत्यकाका जनता करिब २५ वर्ष अगाडिदेखि खानेपानीको समस्यामा व्यथित भइरहेका छन् भने जेष्ठ ३२ गते शनिबार हुने उक्त दबाब कार्यक्रममा अधिकांश जनसमुदायहरु सहभागी हुने निश्चित भइसकेका छ ।
Categorized in राष्ट्रिय