STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जेष्ठ ९ गतेदेखि हल हलमा कीर्तिपुर सिनेप्लेक्सका अध्यक्ष नरेन्द्र महर्जनको “नरसिंहा अवतार”

Janjati Khabar – ललेन्द्र शाक्य | २०८२ बैशाख ३१, बुधबार

कीर्तिपुर सिनेप्लेक्स हलका संचालक अध्यक्ष नरेन्द्र महर्जनका साथ दिपक शर्मा ढकाल तथा ध्रुव न्यौपानेको संयुक्त लगानीमा क्रियटिभ सिने आर्ट्सका नेम महर्जनले निर्माण गर्नुभएको बिल्कुलै नयाँ नेपाली चलचित्र “नरसिंहा अवतार” आउँदो जेष्ठ ९ गते शुक्रबारदेखि सम्पूर्ण सिनेमाघरमा प्रदर्शनमा आउने भएको छ ।

क्रियटिभ सने आर्ट्स प्रा.लि.ले राज पिक्चर्स प्रा.लि.संगको सहकार्यमा चलचित्र “नरसिंहा अवतार” निर्माण गरिएको हो ।

चलचित्र “नरसिंहा अवतार”मा महानायक राजेश हमालदेखि नेपाली चलचित्र जगतका बरिष्ठ कलाकारहरु नीर शाह, सरोज खनाल, अर्जुन श्रेष्ठ एवं पूर्व मिस नेपाल उषा खड्गीको जोडदार अभिनय हेर्न सकिन्छ भने चलचित्रमा अन्य कलाकारहरुमा प्रतिभावान् कलाकारहरु निति  शाह, राज कटुवाल, सनिशा भट्टराई, दिपा शाही, रमेशचन्द सोदारी, आशा पौडेल, प्रशान्त ताम्राकार, राजीव जंग बस्नेत, प्रकाश एसजेबी कुँवर, प्रभु श्रेष्ठ, अमीत गिरी, मिशेल घिमिरे, सरोज शाह, किशोर भट्ट, टार्जन, एभिलिना खड्का तथा समीरा थापाको अभिनय हेर्न सकिनेछ ।

चन्द्र पन्तको कथामा दिवाकर्स भट्टराईको लेखन तथा निर्देशन रहेको चलचित्र “नरसिंहा अवतार”मा राजुतामाङले एक्सन डिरेक्टरको भूमिका निभाएको छ भनेचिफ असिष्टेन्ट डिरेक्टरमा साजन कटेल, एशोसिएट डिरेक्टरमा बसन्त अधिकारी र बर्षा इन्टानी रहेको छ ।

यस्तै, असिष्टेन्ट डिरेक्टरमा रोशन राज भट्ट, रोशन भट्ट र सौगात भट्ट रहेका छन् भने चलचित्र “नरसिंहा अवतार”को सम्पादन शाहिल खान तथा मिलन श्रेष्ठले गरेका छन् भने असिष्टेन्ट सम्पादन कार्य रामप्रसाद चौधरीले गर्नुभएको छ ।

रेनिशा फागोको रंग समिश्रण रहेको उक्त चलचित्रमा कविराज गहतराज, माइकल चाँद र रामजी लामिछानेको कोरियोग्राफी रहेको छ भनेमेकअफ आर्टिष्टको रुपमा ज्योति केसीले कार्य गर्नुभएको छ ।

संजोग रसाइलीले एक्सन कोच गर्नुभएको चलचित्र “नरसिंहा अवतार” मा समीर मियानले भिएफएक्स गर्नुभएको छ भने मुकेश शाहले साउण्ड डिजाइन गर्नुभएको छ ।

समग्रमा भन्नु पर्दा, चलचित्र “नरसिंहा अवतार”को टिजर सार्वजनिक भइसकेको छ । टिजर हेर्दा चलचित्र एक उत्कृष्ट एवं एक्सनले भरिपूर्ण यथार्थ सामाजिक कथाबस्तुसमाहित गरी निर्माण गरिएको भरपूर मनोरञ्जन एवं कथानक चलचित्रको रुपमा रहेको छ ।

Categorized in सिनेमा