STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

जोन्सन एन्ड जोन्सन खोप आजदेखि लगाइँदै, प्रधानमन्त्रीले स्थलगत अनुगमन गर्ने

Janjati Khabar – Janjati Khabar | २०७८ श्रावण ४, सोमबार

सरकारले आजदेखि देशभर कोरोनाविरुद्धको जोन्सन एन्ड जोन्सनको खोप लगाउने भएको छ । खोप पुग्न बाँकी रहेका जिल्लाबाहेकमा यो अभियान सञ्चालन हुनेछ ।

यो खोप कोभ्याक्स सुविधा अन्तर्गत अमेरिकाले नेपाललाई उपलब्ध गराएको हो । अमेरिकाले नेपाललाई १५ लाख ३४ हजार ८५० डोज जोन्सन एन्ड जोन्सन खोप उपलब्ध गराएको छ । यो खोप एक मात्रा लाए पुग्ने बताइएको छ ।

सरकारले यो खोप लगाउनका लागि ५० देखि ५४ वर्ष उमेर समूहका व्यक्तिहरूलाई प्रथमिकतामा राखेको छ ।

यसैबीच प्रधानमन्त्री शेरबहादुर देउवाले आज खोप अभियानको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने भएका छन् । देउवाले काठमाडौं उपत्यकाका नेपाल अर्थोपेडिक अस्पताल, जोरपाटी, महाराजञ्जस्थित त्रिभुवन विश्वविद्यालय शिक्षण अस्पताल, वीर अस्पताल, पाटन स्वास्थ्य विज्ञान प्रतिष्ठानलगायत स्वास्थ्य संस्थाहरूको स्थलगत निरीक्षण एवम् अनुगमन गर्ने कार्यक्रम रहेको स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले जनाएको छ ।

Categorized in स्वास्थ्य-मौसम