STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ज्येष्ठ नागरिकलाई घरदैलोमै स्वास्थ्योपचार सेवा

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ ६, सोमबार

घरदैलोमै स्वास्थ्योपचार सेवा पाउन थालेपछि म्याग्दी रघुगङ्गा गाउँपालिकाका ज्येष्ठ नागरिक दङ्ग परेका छन् । शारिरीक अशक्तताका कारण स्वास्थ्य संस्थामा गएर उपचार गराउन नसक्ने ज्येष्ठ नागरिकलाई लक्षित गरी रघुगङ्गा गाउँपालिकाले घरदैलोमै स्वास्थ्योपचार सेवा शुरु गरेपछि उनीहरु दङ्ग परेका हुन् ।
 
गाउँपालिकाको सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत ज्येष्ठ, अपाङ्गता भएका व्यक्ति र एकल महिलालाई घर आँगनमै पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र आयुर्वेद औषधि वितरण गरिएको गाउँपालिकाका अध्यक्ष भवबहादुर भण्डारीले बताउनुभयो ।
आयुर्वेद शाखाका प्रमुख कविराज लक्ष्मण शर्मा चालिसेसहितको टोलीले गाउँपालिकाका वडा नं ५ झीँ, वडा नं ६ पाखापानी, ७ चिमखोला र वडा नं ८ कुइनेमङ्गलेका १५० भन्दाबढीको स्वास्थ्य परीक्षण गरी निःशुल्क औषधि वितरण गरेको टोलीका स्वास्थ्य संयोजक चालिसेले जानकारी दिनुभयो । गाउँपालिकाका सबै वडामा यो सुविधा प्रदान गरिने अध्यक्ष भण्डारीले बताउनुभयो ।
वृद्धवृद्धा र अशक्तको सेवाका लागि सामाजिक सुरक्षा कार्यक्रमअन्तर्गत सबै वडामा पुगेर निःशुल्क स्वास्थ्य परीक्षण र औषधि वितरण गर्ने कार्यक्रम रहेको उहाँको भनाइ छ ।
Categorized in राष्ट्रिय