टिचिङ्गको एक बिरामीमा कोरोना संक्रमण पुष्टि
Janjati Khabar – जनजाति खबर | २०७७ जेठ १, बिहिबार
काठमाडौं – महाराजगञ्जस्थित त्रिवि शिक्षण अस्पताल (टिचिङ्ग)मा उपचार गइरहेका एक ६ वर्षीया बालिका कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ ।
आज बिहान स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जारी गरेको विज्ञप्तिमा जनाएअनुसार कपिलवस्तुका ६ वर्षीया बालिका नै शिक्षण अस्पतालमा उपचार गराइरहेका बालिका हुन् ।
ती बालिकालाई एक साताअघि उपचारका लागि कपिलवस्तुबाट ल्याइएको थियो। उनलाई अस्पतालको न्युरो वार्डमा राखिएको थियो ।
अस्पतालमा भर्ना भएकी बालिकामा कोरोना देखिएपछि अब के गर्ने भन्नेबारे छलफल भइरहेको अस्पताल स्रोतले जनाएको छ ।
Categorized in राष्ट्रिय