STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टी-२० विश्वकप : नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित

Janjati Khabar – Janjati Khabar | २०८१ जेठ २३, बुधबार

काठमाडौं - आइसीसी टी-२० विश्वकपको पहिलो खेलमा नेपाल नेदरल्यान्ड्ससँग ६ विकेटले पराजित भएको छ। नेपालले दिएको १०७ रनको लक्ष्य नेदरल्यान्ड्सले ४ विकेटको क्षतिमा ९ बल अगावै पूरा गर्‍यो। 

नेदरल्यान्ड्सका लागि म्याक्स दोउडले सर्वाधिक ५४ रन बनाए। त्यस्तै विक्रमजीत सिंहले २२ रन, स्कट इडवार्डले ५ र सीब्रान्डले १४ रन बनाए। 

नेपालका लागि सोमपाल कामी, दीपेन्द्र सिंह ऐरी र अविनाश बोहोराले एक-एक विकेट लिए।

यसअघि टस हारेर ब्याटिङ गरेको नेपालले १९.२ मा १०६ रन बनाएर अलआउट भएको थियो।

नेपालका लागि कप्तान रोहित पौडेलले सर्वाधिक ३५ रन बनाए। ३७ बलमा उनले ५ चौका प्रहार गरे। त्यस्तै करण केसीले १२ बलमा १७ रन बनाए भने गुल्शन झाले १५ बलमा १४ रन बनाए। सोमपाल कामी शून्य रनमा आउट हुँदा दीपेन्द्र सिंह ऐरीले १ रन बनाए। 

त्यस्तै कुशल मल्ल ९ रन, अनिल साह ११ रन, कुशल भुर्तेल ७ र आशिफ शेख ४ रनमा आउट भए।

Categorized in खेलकुद