STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टेनिस, फ्रेन्च ओपनमा प्रभावशाली खेलाडीको जित

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ १७, शुक्रबार

फ्रान्सको पेरिसमा जारी फ्रेन्च ओपनमा विश्व वरियतामा माथिल्लो स्थानमा रहेका खेलाडीहरुको उत्कृष्ट प्रदर्शन जारी छ । पाँच दिनको खेल सकिँदा पुरुषतर्फ नोभाक जोकोभिक तेस्रो चरणमा प्रवेश गरेका छन् । बिहीबार भएका खेलमा साल्भाटोर कारुसो, जा–लेनार्ड स्ट्रफ, बोर्ना कोरिक, फाबियो फोगनिनी, रोबर्टो बाउटिस्टा, डुसान लोजोभिक लगायतका खेलाडी विजयी भएका छन् । चार वर्षपछि पहिलो पटक फ्रेन्च ओपनको तेस्रो चरणमा प्रवेश गरेका रोजर फेडररसँग नर्वेका क्यास्पर रुडको भिडन्त हुने भएको छ । अर्का प्रतिभावान खेलाडी राफेल नाडाल पनि तेस्रो चरणमा प्रवेश गरिसकेका छन् । तेस्रो चरणमा उनको भिडन्त बेल्जियमका डेभिड ग्याफिनसँग हुनेछ । त्यस्तै महिलातर्फ जापानकी नाओमी ओसाका, सेरेना विलियम्स, सिमोना हालेप, अन्ना ब्लिन्कोभा, आन्द्रे पेट्कोभिक, मोनिका पुइग, अमान्दा आनिसिमोभा लगायत विजयी भएका छन् ।
Categorized in राष्ट्रिय