STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

टोपबहादुर र बालकृष्ण खाँणसहित सबैलाई साढे २० वर्ष कैद सजायको मागदाबी

Janjati Khabar – Janjati Khabar | २०८० जेठ ८, सोमबार

 

काठमाडौं - नक्कली भुटानी शरणार्थी प्रकरणमा मुछिएर पक्राउ परी हाल हिरासतमा रहेकाहरुलाई साढे २० वर्ष कैद सजायको मागदाबी गरिएको छ ।

सोमबार काठमाडौं जिल्ला प्रहरी कार्यालयले सरकारी वकिलको कार्यालयमा पेश गरेको अनुसन्धान प्रतिवेदनमा आरोपीहरुमाथि जनही साढे २० वर्षको कैद सजायको मागदावी गरिएको छ ।

यस प्रकरणमा हालसम्म १६ जना पक्राउ परेका छन् भने बाँकी १६ जना फरार छन् । पक्राउ पर्ने भीआईतीतर्फ पूर्वगृहमन्त्री बालकृष्ण खाँण, पूर्वउपप्रधानमन्त्री टोपबहादुर रायमाझी, पूर्वसचिव टेकनारायण पाण्डे, रायमाझीका छोरा सन्दीप रायमाझी, पूर्वगृहमन्त्री रामबहादुर थापा बादलका सुरक्षा सल्लाहकार इन्द्रजीत राईलगायत १६ जना रहेका छन् ।

प्रहरीले बाँकी ३२ जनालाई प्रतिवादी बनाएर अभियोग पत्र दायर गर्न राय दिएको छ ।

Categorized in राजनीति