STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ट्याङ्करको ठक्करबाट एकको मृत्यु

Janjati Khabar – जनजाति खबर | २०७६ आषाढ ९, सोमबार

मोरङको बूढीगङ्गा गाउँपालिका–१ स्थित कोशी राजमार्गमा ट्याङ्करको ठक्करबाट आज बिहान एक शिक्षकको मृत्यु भएको छ । मृत्यु हुनेमा इटहरी उपमहानगरपालिका–४ का २९ वर्षीय सन्दीप पौडेल रहेको छ । ना४ख १९०५ नंको ट्याङ्करले विपरीत दिशाबाट आउँदै गरेको को२६प ३०५९ नंको मोटरसाइकललाई ठक्कर दिँदा मोटरसाइकल चालक शिक्षक पौडेलको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मोरङका प्रमुख तथा प्रहरी उपरीक्षक विश्व अधिकारीले जानकारी दिनुभयो । डिजेल पु¥याएर सिरहाबाट विराटनगरतर्फ फर्किंदै गरेको अवस्थामा भएको सो दुर्घटनामा गम्भीर घाइते भएको उनलाई उपचारका लागि विराट शिक्षण अस्पतालमा पु¥याएपछि चिकित्सकले मृत घोषणा गरिएको प्रहरीले जनाएको छ । पौडेल विराटनगरस्थित आइटीसम्बन्धी पढाई हुने हिमालय कलेजको शिक्षक हुनुहुन्छ । ट्याङ्कर र त्यसका चालकलाई प्रहरीले नियन्त्रणमा लिएको छ ।
Categorized in राष्ट्रिय