STC 810x100 adv
nib 2082 5
nepal invistment new 31

ट्राफिकले लगायो सवारी साधनमा स्टिकर

Janjati Khabar – जनजाति खबर | २०७६ जेठ २४, शुक्रबार

‘सीमित गतिमा सवारी चलाआँै दुर्घटनाबाट बचाँै र बचाआँै’ भन्ने मूल नाराका साथ आज जिल्ला ट्राफिक कार्यालयले सवारी साधनमा सूचनामूलक नारा लेखिएको स्टिकर टासेको छ ।
जिल्लामा चल्ने नगरका चारपाङ्ग्रे र दुईपाङ्ग्रे करीब ९० सवारी साधनमा स्टिकर लगाइएको सो कार्यालयले जनाएको हो । सवारी साधनबाट हुने दुर्घटनालाई कसरी न्यूनीकरण गर्ने र ट्राफिक नियमको पालना कसरी गर्ने भन्नेजस्ता विषयमा सवारी चालक, धनीलाई जानकारी गराइएकोे जिल्ला ट्राफिक कार्यालयका प्रहरी नायब निरीक्षक विकल भट्टराईले बताउनुभयो । जिल्लामा हुने साना ठूला दुर्घटना न्यूनीकरण र रोकथाम गर्न ट्राफिक कार्यालयले विभिन्न ठाउँका दुर्घटनाग्रस्त क्षेत्रमा सूचनामूलक होडिङ बोर्ड पनि राखिएको उहाँले जानकारी दिनुभयो ।
Categorized in राष्ट्रिय